जुण्टिन्थ अर्थात जुन १९ या जुब्ली डे, अमेरिकी ऐतिहासिक दिवसबारे

Hollywood Khabar June 18,2020 Comments

कृष्ण के सी, अमेरिका जुन १९, २०२३

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी निर्देशनद्वारा जुण्टिन्थ अर्थात जुन १९ लाइ ऐतिहासिक स्वतन्त्रता दिवसको रुपमा फेडरल होलिडेकोको सुरु गरेका हुन्। 

“Juneteenth, also known as Freedom Day or Emancipation Day, is a federal holiday in the United States commemorating the emancipation of enslaved African Americans.”

जुण्टिन्थ अर्थात जुन १९ लाई स्वतन्त्रता दिवस, जुब्ली डे, मुक्ति दिवस इत्यादि रुपमा अमेरिकनहरुले बनाउने गर्छन। त्यसमा पनि बिशेषगरी अमेरिकन ब्लाक समुदायले अमेरिकाका ५० मध्ये ४९ राज्यहरुमा मनाउउँदै आएको जुब्ली नै जुण्टिन्थ हो। यहाँ जुन नाइण्टिन्थ (June 19th/Juneteenth) लाइ जुण्टिन्थ भनिएको हो। 

इतिहास हेर्दा कतै कतै जुण्टिन्थ ५० मध्ये ४७ राज्यमा मनाइन्छ पनि भनिएको छ। तर यसको सुरुवात जुन १९, १८६५ देखि सुरु भएको रेकर्ड छ। मेजर जनरल Gordon Granger ले जुन १९, १८६५ का दिन टेक्ससमा दासहरुलाइ स्वतन्त्र घोषणा गरेको दिनलाइ नै मुख्य रुपमा स्वतन्त्रता दिवस भनेर मनाइने गरिन्छ। 

त्यो समय सम्म पुग्दा अमेरिकी सिभिल वारको करिव करिव अन्त भएको समय थियो। तर टेक्सस राज्य सबै भन्दा दुर्गममा पर्ने भएकोले यसको स्वतन्त्रताको पाटो पनि ढिलो हुन पुगेको कुरा इतिहासमा उल्लेख गरेको पाइन्छ। अमेरिकी संबिधानमा दासत्वको अन्त्य भने संबिधानको १३ औं शंसोधनबाट डिसेम्बर ६, १८६५ मा भएको ऐतिहासिक रेकर्ड पाइन्छ। ढिलै भएपनि यो दिनलाइ दासत्वको अन्त भएको दिन मानिन्छ। 

१८६६ मा पहिलो जुण्टिन्थ दिवस भनेर टेक्ससका चर्च र इत्यादिमा मनाउन थालिएको थियो। यो दिवस अमेरिकी दक्षिण भाग हुँदै बिस्तारै १९२० देखि १९३० को दशकमा पुग्दा राष्ट्रव्यापी भएको कुरा इतिहासमा उल्लेख छ। त्यसैले जुन्टिथ संयुक्त राज्य अमेरिकामा दासत्वको अन्त्यको स्मरणार्थ मनाइने सबैभन्दा पुरानो राष्ट्रिय दिवस पनि हो।

जुण्टिन्थ अर्थात जुन १९ लाई अन अफिसियल होलिडे भनिन्थ्यो। तर यसलाई राष्ट्रपति बाइडेनले २०२० मा कार्यकारी आदेश दिएपछि फेडरल होलिडेको रुपमा मनाउन थालिएको छ। 

हुन त अमेरिकामा संसारभरिका चाड-पर्व र संस्कृति मिश्रित रुपमा स्वतन्त्रतापुर्वक मनाइन्छ। राष्ट्रपति ओबामाले दिवाली (दिपावली) लाइ व्हाइहाउसमा स्वस्ती वाचन गराएर अनि दिप प्रज्वलन गरेर शुभकामना दिने चलनको सुरुवात गरेका थिए।