-The USA President Mr. Donald J Trump, Picture from The White House

राष्ट्रपति ट्रम्पले ६० दिनको लागि इमिग्रेण्ट्स भित्राउने सेवा सस्पेण्ड गर्ने

Hollywood Khabar April 20,2020 Comments

कृष्ण के सी/अमेरिका/४/२०/२०

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कोभिड १९ को महामारीले गर्दा ६० दिनको लागि इमिग्रेण्ट्सहरुलाई भित्राउने काम रोक लगाउने कुरा बताएका छन्।

संभवत अप्रिल २० सांझ या अप्रिल २१ बिहान सम्ममा कार्यकारी आदेशबाट ६० दिनको लागि इमिग्रेशन सेवा सस्पेण्ड गर्ने भएका छन्। कोभिड १९ दैनिक प्रेस भेटघाटका अवसरमा राष्ट्रपति ट्रम्पले सो कुरा बताएका छुन। बिस्तृत रुप बन्दै गरेको र सो आदेश भने आउने नै छ। हुन त सो कुरा अप्रिल १९, २०२० मा नै राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटबाट कार्यकारी आदेश जारिको कुरा सार्वजनिक गरेका थिए।

राष्ट्रपतिले अमेरिकनहरुको लागि रोजगारी जस्ता कारणले गर्दा सो निर्णय गरेको कुरा बताएका छन्। जब बजार खुल्छ रोजगारीका लागि अमेरिकनहरुको लागि पहिलो प्राथमिकता दिनको लागि पनि यसबाट सहयोग हुनेछ, राष्ट्रपति ट्रम्पले प्रश्नको जवाफ दिने क्रममा भनेका छन्।- “We must first take care of the American worker.” यो उनको भनाइ थियो।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी पछि सो सेवा नियमित हुने कुरा जनाएका छन्। आदेश पछि सो सस्पेण्डले कुन-कुन पिटिशनलाइ असर गर्छ त्यो भने बाँकी नै छ। उसै पनि मार्च १८, २०२० देखि अमेरिकी अध्यागमनका फिल्ड अफिसहरु बन्द भएका छन्। यो अबधिमा पनि निश्चित पिटिशनहरु भने नियमित नै छन।