राष्ट्रपति ट्रम्प र नेपाली पत्रकारिता

Hollywood Khabar February 12,2017 Comments

कृष्ण के सी फेब्रुअरी १३, २०१७
पछिल्ला केही हप्ता विश्व वजारमा राष्ट्रपति डोनल्ड ट्रंप  चर्चाका् शिखरमा रहे। जानेर, नजानेर, रहरले, करले, जानिफकार हुन् या उसैउसै रमाइलोको लागि अमेरिका र हाम्रा राष्ट्रपतिका कुरा चलिरहे। दोस्रो विश्व युद्धमा जर्मन र जापानलाई धुलो चटाएर महाशक्ति वनेको अमेरिकालाई अहिलेसम्म कसैले हल्लाउन सकेको छैन। धेरैजना अमेरिकी आलोचकहरुले अमेरिकाको युद्ध उन्मादको सिकार भएका छन् विश्वका धेरै देश भन्ने आरोप लागाउँछन।
अहिलेका राष्ट्रपतिलाई फेरिपनि अमेरिकालाई महाशक्ति वनाउने रहर छ भनिन्छ। कहिले इमिग्रेशनका कुरा कहिले राजनीति र कहिले के के, कुरा वुझे मर्नु।
जापान, दक्षिण कोरिया, यूरोप, अफ्रिका र अरु थुप्रै प्रमुख सामरिक केन्द्रमा रहेको वलियो उपस्थिति जसले विश्वमा अमेरिकालाई कसैले हल्लाउन नसक्ने शक्तिको आभास गराएको छ। ती केन्द्रको सैन्य खर्च साझेदार राष्ट्रसग असुल्ने वा वाहिरने कुराले अमेरिका ग्रेट होइन कमजोर र सानो वन्ने छ भन्ने एकाथरी जानिफकारहरूको विश्लेषण छ।
राष्ट्रियता र ट्रंपका कुरा
राष्ट्रियताको बिषयमा अमेरिककाको दृष्टि विश्वका अरु देशको भन्दा धेरै फराकिलो र उदार मानिन्छ। अमेरिकाले अफ्नो शक्ति र सामऱथ्र्यको स्रोत देश भित्र मात्र सिमित नगरी विश्व वजारका अव्वल व्रेनलाई समेत मान्छ। तीनलाई अमेरिकाका विश्व विद्यालय र कर्मथलोमा स्वागत गर्दै आएको छ अमेरिका। तीनिहरुलाई नागरिक वनाउने र तीनैवाट वनेका चमत्कारिक आविस्कारका वलमा अमेरिकाले विश्वलाई आफ्नो अधिनमा राखेको छ ।
सर्वसाधारण नागरिकको जीवन रक्षाका खातिर अमेरिकाले शरण दिन्छ। यसवाट अमेरिकी राष्ट्रियता मानवताको पक्षमा रहेको देखिएको छ। अर्को हो घट्दो जनसंख्यालाई सन्तुलित गर्न अमेरिकाले विश्वका सवै देशवाट सन्तुलित हिसावले आप्रवासनको लागि अमेरिकामा स्वागत गर्छ। यसवाट अमेरिकाको रष्ट्रियता विभेद रहित छ भन्ने वुझिन्छ। त्यसैले त यसलाई इमिग्रेन्टसको देश मान्छन्। तर  राष्ट्रपति ज्यूको इमिग्रेन्ट प्रतिको अनुदार नीति रंगभेदको अन्धो राष्ट्रियतामा वेरिएको छ भन्ने आरोपलाइ कसरी बुझ्ने या नसक्नु मेरो खोटो मनको छोटो बुझाइ हो।
केही फरक ढंगले पनि हेरौं यो विषयलाई। भारतीय नाकाबन्दी हुँदा संसार भरिका नेपालीहरुले गो ब्याक इन्डिया भनेर बिरोध गरेकै हो। अनि अमेरिकाका राष्ट्रपतिले आफ्नो देशको सुरक्षाको कुरा उठाउँदा हामी नयाँ अमेरिकनले अर्को अर्थ राख्नु पर्ने कुनै कारण देखिदैन। त्यो सही थियो या थिएन मैले अब जिकिर गरेर केही हुनेवाल पनि छैन। तर ट्रंप नेपालको राष्ट्रपति भैदिएका भए नेपाल-भारत सिमानामा पनि पर्खाल बन्ने थियो होला। नेपालका नेताले तेही सीकुन तेत्ति कुरा हो।
समाचारका कुरा
राष्ट्रपति ज्यूको कुरालाई लिएर केही संचारबाट आफूखुसी ब्याख्या भएको नै हो। यथार्थ नवुझि सनसनि मच्चाउन कोही चुकेनन्। अमेरिकाका ल मेकर, सिनेटर देखि कानुन ब्यबसायी कसैले यो विषयलाई राम्रोसँग वुझ्न नपाउदै नेपाली अनलाइन र समाचारपत्रहरुले मनगडन्ते समाचार फालेकै हुन। कान्तिपुर, नागरिक न्यूज, समाचारपत्र, सेतोपाटी जस्ता स्थापित मिडियाले पनि मानसिक त्रास फैलाउने समाचार दिएकै हुन। आतंकित पारेकै हुन्। धरातलीय, एकतलिय या दुइतलिय जे भएता पनि अमेरिकाका हामी अनलाइन संचालकहरु सबैजसोले समाचर दिएकै हौँ। पक्ष-विपक्ष तिर नलागौं, बास्तविकता कालन्तरमा आफै आउँछ। कति त आइसक्यो।
बा र ठूलाबा पत्रकारका कुरा
यसै सन्दर्भमा एकजना पत्रकारले नेपालमा आफु बा पत्रकार भएकोले जता म छु त्यो मिडिया ठिक बाँकी सबै बेठिक भनेर लेख नै लेख्नुभयो। अब उहाँको जस्तो को ठिक को बेठिक भन्ने मापदण्ड त मसँग छैन। तर; बास्तबिकताको कडी भने छ। आफुलाई बा पत्रकार भन्नेहरुले नेपालमा त पत्रकारिता गरे होलान तर ति मध्ये धेरैले अमेरिकामा चाहिँ पत्रकारिता गरेका छैनन। एकाद नेपाली कार्यक्रम वाहेक मैदानमा पुगेर समाचार संकलन गर्ने र वनाउने गरेको देखिएको छैन। टिभि र अनलाईन हेर्दै सोफामा वसेर समाचारको अनुवाद गर्दैमा आफू मात्र पत्रकार भन्ने भ्रम कहिलेसम्म पाल्ने।
थप कुरा खोल्न मन त छैन तर सवैले थाहापाईसकेको कुरा लेख्न किन डराउनु। आफू मात्र सहि र ठिक हुँ भन्नेले पत्रकारिताका नाममा के के गर्दैछन्? तपाईहरुले वुझिसक्नु भयो होला। एनआरएन अमेरिकाको चुनाव नजिकिदै गर्दा संभावित उम्मेदवारको घरमा गएर फकाउने, लोभ्याउने र धम्क्याउदै हजारौ डलरको डिमान्ड गर्ने को को हुन् ? त्यो समुहलाई आफै चिन्नुस। 
म र मेरो वरपरका दुई जना वाहेक सवैलाई गैह्र पत्रकार भन्ने उहाँ जस्तो महासयलाई अमेरिकामा पत्रकारिता गर्न आउँदैन त नभनौ तर गर्ने आँट भने गरेको पनि छैन। अब उहाँ काका या भाइ-बहिनी पत्रकार हो, बा पत्रकार होइन। फेरी जसलाई कनिष्ठ पत्रकार भन्नुभएको छ तिनैको अनलाइनमा लेख्नु पर्ने उहाँको वर्तमान हैसियत छ। यसो भनिदिंदा उहाँको धोतिनै खुस्कियला, भैगो अब आजलाई कायनबाचा गरौँ। तर, नेपालबाट आएका अमेरिका बस्नुहुने धेरै पत्रकारहरु चाँहि पत्रकारबाट लेखक हुनुभएको छ। राम्रो राम्रो लेखिरहनु भएको छ।
पत्रकारहरुको संस्थाका कुरा
कुनै प्रसँग या अप्रसँगमा प्रेसबक्तब्यमा चौका-छक्का हान्न माहिर हाम्रा नेपाल अमेरिका पत्रकार संघका साथीहरुले पनि मौकाको चौका हानिहाल्नु भयो। उसो त कहिले काही उहाहरु कृकेटमा मात्र होइन कबर्दी र बागचालमा पनि छक्का हान्नुहुन्छ। प्रेसबक्तब्य पनि कहिले सचिवको आउने, कहिले महासचिवको आउँछ। यो पटक त कुरा गम्भीर भएछ क्यारे अध्यक्षकै नाममा ड्याम्मै बक्तब्य आयो।
छक्कै परेर सोचे पनि। होइन केही घण्टा अगाडि महासचिवलाई सानफ्रान्सिस्को तिर वरालिदै गरेको देखेको थिए। उहाँ अमेरिकामै हुनुहुन्छ, पक्का हो तर पनि प्रेसबक्तव्य भने अध्यक्षको नै आयो। कुरा के हो त्यो थाहा भएन, लुतो न कनाइँ तँलाइ न मलाइ। बरु बक्तब्य जसको नाममा आए पनि तेसमा भनिएको कुरातिर लागौं। 
बक्तब्यमा पहिलो कुरा त भ्रमभयो भनियो तर के र कसले त्यो भनिएन, दोश्रो कुरा सही के हो त्यो भनिएन। पत्रकारहरुको सँस्था भएकोले उसले दिने प्रेसबक्तब्य सही के हो त्यो दिनुपर्ने हो तर त्यस्तो केही छैन। तेश्रो कुरा पाठकहरुलाई होसियार हुन भनियो। त्यो त ठिकै हो, सही कुरा हेर्ने ठाँउ किन स्पष्ट नगरिदिएको त ?
थप कुरा
अध्यागमन संवन्धि राम्रो ज्ञान भएका केही पत्रकारहरुले केही समय देखि यस विषयमा कलम चलाई रहेकै छन्। धेरै पत्रकार साथीहरु मध्येमा यो पक्तिकार पनि एक हो। अध्यागमनका विषयमा बिगत ६ वर्ष देखि निरन्तर रुपमा कानुन विदहरुको सहकार्यमा आम पाठक र दर्शकलाई सू–सूचित गर्दै आउने क्रम जारी छ। यो पटक पनि सोही बिषयमा इमिग्रेशनका एटर्नी यज्ञ नेपाल संग गरेको भिडियो कुराकानी अनलाइनमा पोस्ट गरिसकेको छु। समाचारको श्रोत खोलेर नै सूचना पाठक समक्ष पुऱयाउनु पत्रकारको दायित्व हो । यो धर्म निर्वाह गर्न यो पक्तिकार चुकेको छैन।