-राष्ट्रपति निर्वाचन २०२० को पहिलो ९० मिनेटको डिबेट सम्पन्न

राष्ट्रपति निर्वाचन २०२० को पहिलो ९० मिनेटको डिबेट सम्पन्न

Hollywood Khabar September 29,2020 Comments

अमेरिकाको नोभेम्बर ३, २०२० मा हुने राष्ट्रपति निर्वाचन नजिकै छ। बर्षौं देखि हुँदै आएको चुनावी डिबेट यो पटकको पहिलो इपिसोड सम्पन्न भएको छ।

सेप्टेम्बर २९, २०२० मा आयोजित २०२० राष्ट्रपति निर्वाचनको पहिलो डिबेटमा रिपब्लिकन उम्मेदवार राष्ट्रपति डनल्ड ट्रम्प र डेमोक्र्याटिक नोमिनी जो बाइडेन (पूर्व उपराष्ट्रपति) बिच सम्पन्न भएको छ। अमेरिकाका ABC, CBS, CNN, C-SPAN, Fox News, MSNBC and NBC लगायत धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको डिबेट पहिलाको जस्तो अत्यन्तै रोचक भने थिएन।

बहसको पहिलो चरण खासगरी दुबैका चुनावी भनाइ, कोरोना भाइरस डिजिज-कोभिड १९ का असर बारेमा रहे। राष्ट्रपति ट्रम्पले जिद्दी गर्दै कुरा राख्थे, आरोप धेरै लगाएर आफूलाई नै सुप्रिम नै देखाउँथे भने बाइडेन नम्र र अथेण्टिक रुपमा बोल्थे। राष्ट्रपति ट्रम्प बाइडेनको बोल्ने समयमा पनि बोल्थे तर बाइडेन चाहिँ संयम देखिन्थे। बिचमा केहि चर्काचर्की पनि भए।

राष्ट्रपति ट्रम्पले ट्याक्स नतिरेको विषमा उनले बाइडेनलाइ आरोप लगाए भने बाइडेनले चाहिं राष्ट्रपति ट्रम्पले प्राइमरी स्कूल टिचरको भन्दा कम ट्याक्स तिरेको आरोप लगाए। प्रपोज ट्याक्समा बाइडेनको ब्रेकडाउन सहित थियो तर राष्ट्रपति ट्रम्प चाहिँ त्यसको विपक्षमा थिए।

किन तिमीलाई नै मत दिने भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प आफूले सुपर काम गरेको, युनिटी बिस्तारै हुने गरिने हुनाले पुन मत दिनुपर्ने बताएका थिए। वर्तमान राष्ट्रपतिको कार्यकाल अत्यन्तै कम्जोर रहेको, बिलियनरहरुले सुविधा पाउने, धेरै भायोलेन्स बढेको, देश विभाजित गरेको, सुरक्षा दिन नसकेको, सेनालाई लुजर भनेको जस्ता कारणएल आफूलाइ मत दिनुपर्ने जिकिर गरे।

Fox News का एङकर क्रिस वालेस (Chris Wallace) ले संचालन गरेको ९० मिनेट सम्म चलेको सो डिबेट पहिला-पहिलाको जस्तो थिएन। राष्ट्रपति ट्रम्पले व्यक्तिगत आरोप लगाउन थालेपछि बाइडेनले डिफेन्स गरे, सो कुरा चर्केर जाँदा मोडरेटर समेत लाउड भएर ट्रयाकमा लाउन परेको थियो। डिबेटमा वालेसले सुप्रिम कोर्टको वर्तमान केश, कोरोना भाइरस महामारी, अर्थतन्त्र, जातीय विवाद, निर्वाचन ब्यालेट र विभिन्न शहरमा भएको प्रदर्शन उठेका बिषयका बिषयमा उनीहरुले १५/१५ मिनेटको समय छुट्याएका थिए। मुख्य प्रश्नहरुको जवाफ दिने समय २ मिनेटको हुन्थ्यो।