-अमेरिकाको २०२० राष्ट्रपति निर्वाचनको अन्तिम डिबेट घम्साघम्सीमा टुङ्गियो

अमेरिकाको २०२० राष्ट्रपति निर्वाचनको अन्तिम डिबेट घम्साघम्सीमा टुङ्गियो

Hollywood Khabar October 22,2020 Comments

हलिउडखबर, अमेरिका/१०/२२/२०

अमेरिकाको राष्ट्रपति निर्वाचन २०२० को अन्तिम डिबेटमा दुइ प्रतिस्पर्धी राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबिचको घम्साघम्सीमा रमाइलो मात्र थिएन गत पटक भन्दा फरक समेत भयो।

अक्टुवर २२, २०२० बिहिबार भएको ९० मिनेटको अन्तिम डिबेटमा दुवै प्रतिस्पर्धीलाइ The Commission on Presidential Debates ले केहि थप नीति बनाएको थियो। बिचमा धेरै इन्टरफेयर नहोस भनेर समय लिमिट गरिएको थियो भने माइक बन्द गर्ने सम्मको नीति समेत गरियो। डिबेटमा जम्मा ६ वटा बिषय र बिचमा क्रश स्टेटमेण्ट दिने र छलफल दिने प्रचलन कायम नै थियो।

कोरोना भाइरसको महामारी र ब्यबस्थापनमा बाइडेनले साइन्सको रेफरेन्स अनुसार गर्ने बाताए भने राष्ट्रपति ट्रम्पले आश्वाशन र कम्प्लेनमा समय बिताए। अर्थतन्त्र र ब्यबसाय खोल्ने बिषयमा बाइडेनले आर्थिक अन्य सपोर्ट सहितका कुरा गरे भने राष्ट्रपति ट्रम्पले सबै अर्थतन्त्र खोल्नुपर्ने बताए।

राष्ट्रिय सुरक्षाका बिषयमा चाइनालाइ बिशेष छलफलमा ल्याइयो। यसमा आपसी आरोप प्रत्यारोपमा समय बित्यो। हेल्थ केयर र रिकभरी एक्टलाइ राष्ट्रपति ट्रम्पले रोकेर राखेको उजागर गरे बाइडेनले। मिनिमम वेज लगायत बिषयमा नीतिगत छलफल भए।

इमिग्रेशनका बिषयमा राष्ट्रपतिले क्रिमिनलहरुलाई अमेरिका गैरकानुनी रुपमा ल्याएको र त्यसका लागि वाल लगाउने कुरा बताए। उनलाई प्यारेण्टसँग बच्चा छुट्याएको आरोप छ। ५०० बच्चाहरु अभिभावकबाट छुट्याइएको अपराधी कामको आरोप बाइडेनले लगाए। बाइडेनले आफू राष्ट्रपति भएमा ११ मिलियन अण्डकुमेण्टेडलाइ १०० दिन भित्रमा लिगल एडजष्ट गर्न कंग्रेसमा बिल पठाउने बताए। जवाफमा राष्ट्रपति ट्रम्पले ८ वर्ष सम्म केहि नगरेर केज बनाएर राखेको, क्याच एण्ड रिलिज गरेको आरोप लगाए।

रेसियल विभेद र ब्यबस्थापनमा बाइडेनले आर्थिक, शिक्षा र अन्य सुविधाको योजना सहित कुरा बताए। राष्ट्रपति ट्रम्पले लिंकन पछि आफूले मात्र ब्लाक र रेसियल ब्यबस्थापनको काम गरेको दावी गरे। आफू सबैभन्दा कम रेसियल व्यक्ति भएको जवाफ सेमत राष्ट्रपतिले दिए। तर पनि उनलाई मोडरेटरले एउटा भिडियोको बारेमा क्रश प्रश्न गरिन।

क्लाइमेट चेन्जबारे दुबैको आ-आफ्ना योजनाका कुरा भए। राष्ट्रपति ट्रम्पले कार्बन इमिशन, इण्ड्रट्रि लगायतमा खरबौं डलर खर्च गरेको र गर्ने कुरा बताए। बाइडेनले साइण्टिफिक कुरा भएको र यसमा क्लिन इन्भारोमेण्ट, इकोनोमिक प्लानका कुरा बताए। क्लाइमेट चेन्जबारे दुबै उम्मेदवारका आपसमा दुइ फरक धारणा छन्। त्यसैले विवादमा पनि प्रष्ट देखिए।

अन्तमा, जसले आफूलाई भोट दिएनन् उनीहरुबारे कस्तो ब्यबहार हुन्छ भन्ने प्रश्नमा बाइडेनले आफू अमेरिकाको राष्ट्रपति हुने हुनाले त्यसले फरक नपार्ने बताए भने राष्ट्रपतिले बिषयलाइ फरक रुपमा प्रस्तुत गरे।

डिबेटलाइ Kristen Welker ले मोडरेट गरेकी थिइन। Kristen Welker चाहिँ NBC News की White House करेस्पनडेण्ट हुन्। ९० मिनेट लामो डिबेट Belmont University, Nashville मा भएको थियो। Kristen Welker प्रेसिडेन्सियल डिबेटको मोडरेट गर्ने पछिल्लो ३० बर्षमा पहिलो ब्लाक महिला हुन्।