प्रदेश २

प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’राख्न नेपाली कांग्रेसको र ‘जानकी’नामाकरण गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अलग अलग प्रस्ताव पेश

Hollywood Khabar August 21,2019 Comments

५ भाद्र धनुषा।प्रदेश नम्बर २ को प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’र राजधानी ‘जनकपुरधाम’ उपमहा नगनरपालिका राख्न साथै प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम ‘जानकी’र ‘राजधानी जनकपुर राख्न प्रस्ताव पेस गरेको छ।बिहीबार प्रदेशसभा सचिवालयमा प्रदेश नम्बर २ को नाम मिथिला भोजपुर र राजधानी जनकपुरधाम उपमहानगर पालिका भित्रलाई राख्ने गरी प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रस्ताव पेस गरेको हो ।

नामको प्रस्ताव कांग्रेसका प्रदेश सांसद नरेशकुमार यादवले पेस गर्नु भएको छ भने र राजधानीको प्रस्ताव कांग्रेस संसदीय दलका नेता रामसारोज यादवले पेस गर्नुभएको हो।नेपाली कांग्रेसका चार जना सांसदले प्रदेश सांसदले पार्टी संसदीय दलको निर्णयविपरीत प्रदेश २ को राजधानी र नामाकरणको सवालमा फरक मत राख्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव पेस गरेका छन्।प्रदेश सांसद राजेश्वरप्रसाद साहको नेतृत्वमा फरक मत राख्दै प्रदेश २ को नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ राख्नुपर्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा बिहीबार दर्ता गरिएको हो।प्रदेश सभामा कांग्रेसको १९ जना प्रदेश सांसद छन्।