-सान फ्रान्सिस्को बे एरियाका पब्लिक हेल्थको निर्देशन, कम्तिमा रुमाल जस्ता कुराले भए पनि नाक र मुख छोप्नु

सान फ्रान्सिस्को बे एरियाका पब्लिक हेल्थको निर्देशन, कम्तिमा रुमाल जस्ता कुराले भए पनि नाक र मुख छोप्नु

Hollywood Khabar April 02,2020 Comments

कृष्ण के सी/अमेरिका/४/३/२०

अप्रिल २, २०२० मा क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियाका पब्लिक हेल्थ डिपार्टमेन्टहरुको संयुत रुपमा जारी गरिएको निर्देशनमा सम्पूर्ण वासिन्दाहरुलाई जरुरी कामले घर बाहिर निस्कंदा कम्तिमा पनि नाक र मुख छोप्न भनेको छ।

अनावश्यक रुपमा घर बाहिर नजाने। आवश्यक कामले जानुपर्दा मास्क पाउन मुस्किल छ तर पनि कटन, रुमाल, स्काफ जस्ता कुराले भए घरबाट बाहिर निस्कँदा नाक र मुख छोप्न भनेको छ। निर्देशनमा भनिएको छ, फेस कभर गर्ने, कसैसंग भेट हुँदा आपसी दुरी कम्तिमा पनि ६ फिट कायम राख्ने, समय-समय र कतिपय कुरा छोएको अवस्थामा हात धुने, हाल नमिलाउने, हग नगर्ने, प्रयोग जन्य सामान सफा गर्ने।

तत्काल मेडिकल स्वास्थ्यको लागि राम्रो हो तर यसको डिमाण्ड उच्च भएकोले यस क्षेत्रका सबैलाई त्यो उपलब्ध नहुन सक्छ। सबैले N95 मास्क लगाउन लाग्दा स्वास्थ्यकर्मी, प्रहरी, फायर फ़ाइटर जस्ता सेवारत व्यक्तिहरुलाई सो प्राप्त नहुन सक्छ। त्यसैले घर बाहिर जानु पर्दा कपड, रुमाल, गम्छा, स्काफ, कटन मास्क इत्यादिले नाक र मुख छोप्न भनिएको छ। यसरी प्रयोग गरिएका सामान तुरुन्त धुने र पुन प्रयोग गर्ने सकिने कुरा समेत उल्लेख गरिएको छ।