साङ्केतिक तस्बिर साभार वेब

सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित १६ ठाउँमा पानीट्याङकी

Hollywood Khabar March 21,2020 Comments

९ चैत्र काठमाण्डौं।कोरोना भाइरस(कोभिड १९)रोकथामको लागि काठमाण्डौ उपत्यकाका १६ ठाउँमा हात धुन पानीट्याङकी स्थापना गरिएको छ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने १६ ठाउँमा सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित पानीट्याङकी राखेको छ। बढी भिडभाड हुने रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगंज चोक, शिक्षण अस्पताल लगाएत ललितपुर र भक्तपुरमा पानीट्याङकी राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले वित्तिय संस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने ठाउँहरुमा पानीट्याङकी राखिएको जानकारी दिनुभयो।

सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी बढी भिडभाड हुन नदिने लगायतका निर्णय यसअघि नै सार्वजनिक गरी कार्यान्वयन गरिरहेको छ।साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विज्ञले बताउँदै आएका छन्।