लेखक अधिवक्ता दिपक कुमार बिष्ट

पुरुष उत्पीडन : दबिएका आवाजहरु

Hollywood Khabar January 18,2020 Comments

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले देखाएको छ । महिला विना पुरुष र पुरुष विनाको महिलाले संस्कार र रीति चल्दैन त्यसैले समाजमा उनीहरुलाई समान हिसावले हेर्न जरुरी छ । तर पछिल्लो सयममा केहि डलर खेती गर्ने संस्थाहरुले महिला हिंसा अन्त्यका नाममा भएका कार्यक्रमहरु केही महिलाहरु भेला गर्ने र पितृसत्तात्मक सोच भन्दै पुरुषलाई गाली गरेर कार्यक्रमलाई सफल भएको घोषणा गर्दै हिड्ने गरेका घटनाले पुरुष हिंसाको बढोत्तरीमा निकै टेवा पुगेको देखिन्छ । पछिल्ला केहि अध्ययनले त के सम्म पनि देखाएको छ भने लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम भनी गरिएका कार्यक्रममले महिलाहरुलाई सचेत होईन बुद्धिबिवेकको घैंटोमा बिर्को लागेर अचेत बनाएको पो हो कि भन्ने भान हुने खालका घटनाहरु बाहिर ल्याएको छ ।कार्यक्रमबाट घरमा पुगेपछि ती श्रीमतीले श्रीमानसंग अधिकार माग्ने र यसअघि मिलेर वसेका श्रीमान् श्रीमती बिचको सुमधुर सम्बन्ध झन् भाँडिएर विछोड हुने अवस्थामा समेत पुगेको पाईएको छ ।

हामी सधै महिला हिंसाको मात्र वकालत गरिरहेका छौं ।महिला हिंसा भन्दा भन्दै पुरुषमाथि भएका हिंसा हामीले कि त बुझेनौं या त देखेनौं या त पुरुष हिंसा भएको ख्याल गरेनौं । हामीले पुरुष प्रधान समाज भएकोले सधैं पुरुषले नै महिला माथि थिचोमिचो गरेको पुरुष नै महिला माथि हावी भएको परिकल्पना मात्र गरि रह्यौं । पुरुषलाई नि महिलाले हिंसा गर्न या यातना दिन सक्छे र ? भन्दै महिलाबाट पुरुषलाई हुन सक्ने यातना हिंसाको कहिल्यै अनुमान सम्म पनि गरेनौं ।  र त्यस तर्फ हामी व्यक्तिगत रुपमा होस या सामाजिक रुपमा होस या कानुनी रुपमा होस कुनै कोणबाट पनि पुरुष उत्पीडनको पुरुष हिंसा र पुरुष माथि हुने अदृश्य चरम यातनाको कहिले परिकल्पना गर्न नसक्दा त्यसबाट पिडीत पुरुषले नत समाजिक रुपमा न्याय पाउँछ न त कानुनी उपचार पाउँछ । 

समाजमा यस्ता धेरै घटना छन् जहाँ पुरुष पिल्सीएर बसेका छन् । बोल्न सक्दैनन् । बोले त्यहि समाजले एउटी श्रीमती नि तह लाउन सक्दैनस् भनेर नामर्दको बिल्ला भिराईदिने गरेको कारण आफ्ना पीडा मनभित्रै गुम्स्याएर भित्रभित्रै पिल्सीएर बस्ने पुरुषको संख्या हरेक दश वटा घरेलु हिंसाका घटनामा ३ वटा घटना पुरुष पिडित हुने गरेको ग्लोबल एड्भोकेसी नेपाल नामक एक संस्थाले उपत्यकाका तीन जिल्लामा गरेको पछिल्लो अध्ययनले देखाएको छ ।

महिलाहरुका कुरा सुन्न प्रहरीमा महिला बालबालिका सेल महिला आयोग जस्ता महिला लाई नै केन्द्र बिन्दुमा राखेर का गर्ने सरकारी निकायहरु रहेका मात्र होईनन् महिला हिंसा न्युनीकरणको उद्देश्य राखेर संस्थापन भएका थुप्रै गैर सरकारी संघसंस्थाहरु छन जसले कुनै न कुनै रुपमा त्यस्ता घटनाहरुमा सहजिकरण र समन्वय गरिदिने कारण महिलाहरुलाई आफु माथि भएका हिंसा यातनाका घटनाहरु सहज रुपमा व्यक्त गर्न सक्ने वातावरण भएकोले महिलाहरु आफु हिंसामा परेको कुरा सहजै व्यक्त गर्छन  तर पुरुषहरुले आफुमाथि भएका यातना र हिंसाको कुरा व्यक्त गर्ने र सामाजिक रुपमा त्यसका लागि सहज वातावरण नहुनु सरकारले पुरुषमाथि पनि हिंसा यातना हुन्छ भन्ने आँकलन गर्न नसक्नु पुरुषको पीडा सुनीदिने त्यस्तो कुनै निकाय नहुनु र पुरुष प्रतिको सामाजिक सोचका कारण पुरुष उत्पीडनका आवाजहरु अहिलेपनि दबिएर रहेका छन्। समाजमा पिल्सीएर आफ्ना उडा उत्पीडन र आफु माथिका यातना हिंसालाई दबाएर सकिनसकि हाँसेर हिड्ने त्यो पुरुषको पीडा कसले वुझ्छ ? अव लैंगिक हिंसाका कुरा गर्दा महिला पुरुष दुवैका कुरा समेट्नु पर्ने अवस्था श्रृजना भएको कुरालाई मनन गर्नु जरुरी छ ।

अव महिला हिंसाका मात्र कुरा गरेर घर परिवार भाँड्ने काम गर्नु भन्दा महिला पुरुष दुवैको सम्मानयुक्त समान सहभागिता हुने खालका कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता रहेको कुरालाई बिभिन्न संघसंस्थाहरुले मनन गर्नुपर्ने देखिन्छ । समाजमा अदृश्य रुपमा पुरुषको व्यथा कहाली लाग्दो देखिन्छ । विहे गरेपछि महिलालाई पुरुषले नै पाल्नु पर्छ भन्ने वाध्यताले पुरुषहरु विदेशका काल कोठरीमा पुगेको र यहाँ घरका श्रीमतीले सम्पत्ति लिएर भागेका कुरालाई पनि लैंगिक हिंसाका कुरा गर्दा त्यसतर्फ पनि सोच्नु जरुरी देखिन्छ ।
           सम्पूर्ण साङ्केतिक तस्बिरहरु वेबसाईडबाट साभार गरिएका हुन् ।                                                                                                                                                                                                                                                        क्रमश: