-सारिका लामा, जुन १६, २०२१

काठमाण्डौमा यौनपेशाले धनी भएका पुरुषको एक पाटो

Hollywood Khabar June 16,2021 Comments

कामाण्डौ शहर हरियाली डाडाकाँडा कलकलाउदो बगेको चिसो पानीको झरना अनि सुस्तरी चलेको हावा साच्चै कति मनमोहक छ। जसरी दृष्य मनमोहक छ त्यसैगरी यसले काठमाण्डौ भित्रिएकालाइ यहि बस्न मन लाग्छ। हुन पनि यहाँ बस्न कसलाई मन नपर्ला?

यसै काठमाण्डौ शहरमा नेपालको दुरा-पाखाबाट आएको एउटा व्यक्तिको नाम हो सुबोध (काल्पनिक नाम)। गॉउबाट अलिकति पढ्ने र केहि हजार रुपैयाँ कमाउने सुन्दर सपना बोकेर शहर पसेको थियो सुबोध। काठमाण्डौ नेपालको राजधानी सपनाको नगरी भन्छन्। तर सुबोधलाई यहाँ आएर दु:ख बाहेक केही जुरेको होइन।

केहि दिन त सुन्धाराको लजमा बस्यो। कलेज त रत्नराज्यमा जसो-तसो भर्ना गर्यो तर पैसा सकिनै लाग्यो। अनि बासको ब्यबस्था गर्न धेरै भौतारिन पर्यो। कतै ठुलो कोठा त कतै कुनी एकलोलाई नदिने रे कतै घरघनीको समय तालिका अनुसार चल्नु पर्ने। बल्ल बल्ल एक ठॉउमा कोठा त पायो तर साहै मह्ंगो। के गर्नु अरु कुनै विक्लप नै थिएन। घरबाट लिएर आएको केहि रकम घरधनीलाई अग्रिम भाडा दिएर त्यहिँ बस्यो सुबोध।

कलेजको शुल्क नि तिर्नुछ, खाना, घरभाडा अनि आफूलाई लगाउने कपडा यस्तै कुरा सोच्दै कामको खोजी गर्न थाल्यो। काम पनि भन्ने बितिकै कहाँ पाइने रहेछ। हरेक दिन कोशिश गर्यो अनि निराश भएर घर फर्कियो। अब त दिक्क लागन थालिसक्यो सुबोधलाइ। एक मनले त बरु गाउँ नै फर्किएर माइलीसँग घरजम गरेर बस्ने सोच पनि गर्थ्यो। तर संघर्ष विनाको जिवन नि के जिवन भन्दै हार मानेर के फर्किनु यस्तै कुराले चल्दै थियो।

काम खोज्दै जाँदा एउटा कपडा पसलमा काम पायो। तर मनै बैराग हुने कम तलबमा गधा जस्तो जोतिनुपर्ने के गर्नु। तरपनि बाध्यता जिविका त चलाउनु नै पर्यो। एकदिन कलेजको एउटा साथीले हिड आज क्लब जाउँ भन्दै लाग्यो। क्लब भनेको त गाउँमा भलिबल खेलाउने क्लब हुन्थ्यो अनि कहिले काहिँ देउसी-भैली खेलेर नाटक, नौटाङ्गि मात्र हुन्थ्यो। शहरमा क्लब हुन्छन, ठुला-बडा आउँछन् भन्ने सुनेको त थियो तर गएको चाहिं थिएन। त्यो कस्तो हुन्छ केहि थाहा थिएन। सुबोध शहरको क्लबको बाताबरण पनि हेरौ भन्दै पछि लाग्यो।

गेटमा बडेमानका काल लुगा लगाएका, पालीहालेको टोपी लगाएका हुँदा रहेछन। नाम लेखेर कुनाबाट भित्र जानुपर्दो रहेछ। कुनी किन हो साथीले हाम्रो नाम अर्कै लेखायो। नाम लेखेपछि चुरा जस्तो नाडिमा लगाइदिंदा रहेछन। अनि भित्र जान दिंदा रहेछन। पहिलो पटक के के न होला भन्दै भित्र छिरेको सुबोधलाइ क्लब पटक्कै मन परेन। क्लबको बातावरण नै अलग पो थियो।

बत्तिको झिमिक्क-झिमिक्क हुन्थ्यो। हेर्दा सबैतीर छोटा छोटा लुगा लगाएका मदमस्त युबतीहरु लहरे पीपलको बोट झैं लहरिएका। केटाहरु होस् या केटी मान्छेहरु सबैले बादल लागेको जस्तै चुरोटको धुवा उदाएका। ठूलो आवाजमा गीत बजाएको, मान्छे बोलेको र कराएको कोलाहल थियो।

औंसीमा आकाशका ताराहरु जस्तो टिमटिमा भएका बत्तिहरुको साथ कानको जाली फुटने गरि बजिरहेको गीतले सुबोध हेरेको हेरैभयो। उसको साथीले तानेर नाच्न भन्दा पो झस्कियो। उसलाई नाच्न आउँदैन तर पनि त्यहाँ नाच्न आउने जस्ता पनि त कोहि थिएन। कोहि जोडी बनेर लठारिएका, कोहि ग्लास हातमा लिएर हल्लेको जस्तो गरेका। त्यै पनि साथीको तालमा हल्लिदै थियो उ। एताउति हेर्दागर्दा कुनाको टेबलमा एउटी युवती हातमा ग्लास लिएर चुस्सचुस्स पार्दै हेरिरहेकी थिई।

अलि-अलि तानेको सुबोधले त्यो युवतीलाइ फ्लिम हेर्दाकी नायिका होइन धार्मिक ग्रन्थका अप्सरा नै देख्यो। मृगनयनी, बारुले कम्मर, कम्मरमा कपडा अलिकति छड्के च्यातेर देखिने बनाएको। गोरी गुलाफको जस्ती त्यो युवती एक हातमा सानो औंला जत्रो ग्लासले सुरुप्प पार्थि अनि कुनी कागती तोकेर नुन चाट्थी। यतिकैमा उसले पनि चुरोट बालि अनि धुँवा उडाउन थाली।

हेर्दाहेर्दै त्यो युवतीको पनि आँखा सुबोधसँग जुदछ। मुसुक हाँसेर हातले नजिक आउन इसारा गरि। सुबोध हिच्किचायो, कसलाई पो बोलाइ, यता-उति हेर्यो। उसको इसारा सुबोधलाइ नै थियो। अल्लमल्ल परेको उसले साथीलाई भन्छ। उसले भन्यो, जा न जा। अनि सुबोध त्यो युवती भएको बारमा जान्छ। युवतीले एकती पटक नजिकै बस्न इसारा गरी। हाँस्दै कुनी के भनेकी थिइ, म्यूजिकको आवाजले केहि बुझेन, टाउको मात्र हल्लायो।बारवालले त्यहि साना औंला जस्तो ग्लास ६ वटा मिलाएर लेराइदियो।

त्यसपछि सुन्दरीले लु सबाउ भनि। सुबोधले पनि त्यो सानो ग्लास उठायो, केटीतिर हेर्यो, उसले फेरी सिनित्त परि, प्लेटको नुनमा कागती छोपेर टोकी। सुबोधले पनि त्यासी गर्यो। मेरी बाब्बै देख्दा जिरे खुर्सानी जस्तो देखिएको ग्लास त कडा पो रैछ। साइलाको पसलको तीनपाने भन्दा पनि नौखण्ड। त्यो क्रम चल्दै गर्दा ४ ग्लास सम्म त अल्लि आली आवाज सुनेको हो त्यसपछि सुबोध अर्धहोसमा पुग्यो।

यस्तैमा सुबोधलाइ युवतीले जाउँहिंड भनि अनि सुबोध पनि बिस्तारै संगै बाहिर निस्कियो। ग्राउण्डफ्लोरको पार्किङ्गमा लिएर गइ। त्यो युवती त धनाड्य परिवारकी रहिछ क्यारे, आफ्नै गाडी रहेछ।गाडीमा बस्ने भनि, घर लगि। त्यो रात उनी र म मिलेर बस्यौं। ठाडो भाषामा भन्नुपर्दा सुबोध एउटी महिलाबाटा बलत्कृत भयो। रात-धेरै भएकाले दुवै निदाउँछन्। अचानक एउटा कर्कश आवाजले सुबोधको सपना भताभुङ्ग हुन्छ, ओ केटा उठ; ल यो लि अनि जा।

यो पछिल्लो १२/१५ घन्टामा सुबोधको जीवनमा अचम्मका घटना घटे। क्लब गयो, कसैले पिलायो, घर लग्यो अनि बिटुलो बनायो। बिहान केहि पैसा थमाएर जा भन्यो। हामी एक अर्कालाई चिन्दैनौ, अब देखे या भेट पनि चुपचाप ओके। सुबोध तिन छक्क पर्छ। हिजो त मातेर हो या के हो कुनी आइलाभयू भन्थी आज यो के पारा हो भन्दै निस्कनै लाग्दा युवतीले त्यो पैसा खल्तीमा हाल्दीइ।

उसले सुनेको महिला बेश्याबृति भन्ने थियो तर आज सुबोधको जीवनमा अजिवको कुरा घट्यो। होइन पुरूष पनि यौन पिडीत हुन्छन्? भाग्योबस त्यो घर र सुबोधको कोठा २० मिनेट जतिको दुरीमा थियो। हिन्दै कोठामा पुगेर पल्टियो। सोच्यो हैन त्यो आइलभ यू चाहिँ किन भनेकी त ? काममा पनि गएन सुबोध।

भोलीपल्ट काममा गएको त साहुलाई नभनि छुट्टी बसेकोले कामबाट नै निकालिदियो। झन समस्या बढ्यो। के गर्ने सोच्दै खल्तिमा हात हाली पाइला चाल्न मात्र के लागेको थियो। खल्तीमा राखिदीएको पैसामा हात ठोसिन्छ। त्यो पैसा हातमा लिई टुलुटुलु हेरिरहन्छ। पैसा नभएर तड्पिनु भन्दा त यो पैसाले ब्यवहार मिलाउंछु। एक किसिमको फरक सोच आउँछ उसलाई। केहि दिन बित्छ तर पनि काम पाउँदैन, कलेज नगएको पनि धेरै दिनभयो।

आ होस, बरु चट्ट परेको लुगा किन्छु, कपाल काटेर फेरी त्यहि क्लब लाग्छु भन्दै उसको विचारमा परिवर्तन आउँछ। न भन्दै एक युवलीलाई एकलै बसेको देखि आफै गएर बोलाउँछ। एकैछिनपछि त्यो युवतीले सुबोधको कम्मरमा हातहाली निस्केर आफनो गन्तब्यतिर लिएर लान्छे। सुबोधको यो क्रम हाल्दै गयो, कल्बवालाले पछि त उसलाई चिन्दथे। मुसुक्क हाँसेर आज कुन सिकार छ दाइ भन्थे। सुबोध पनि हाँसेर भित्र पस्थ्यो। सुबोधको यो कार्य दैनिकी भएर गयो। पछि त क्लब नै जानु नपर्ने फोन आउने र सेवा दिन जानुपर्ने भयो। उसको ब्यबसाय स्थापित भयो।

काठमाण्डौमा घर किन्यो, बा-आमालाई पनि लिएर आयो, बहिनीको पनि विहे पनि गरिदियो। तर पनि उसको मनमा भने एक किसिमको बेखुशी थियो। हरपल डरमा बाँचेको हरिण जस्तो तर्सेर हाल्नुपर्ने। आफू यो अवस्थाको भएकोमा खुशी भन्दा पिरलो धेरी भयो सुबोधलाइ। बा-आमाले थाह पाए के होला, समाजले थाह पाए के होला, सबै खुशी भएको देख्दा उसलाई पनि खुशी छु भनेर लागेको जस्तो हुन्छ। तर एउटी नारीले गर्दा आज सुबोधको मनमा पिडा बढेर गएको छ। जे भएपनि सुबोधमा परिवर्तन आएको छ। यसमा ती महान नारीको योगदान या काठमाण्डौ शहरको देन ? उ आफैं अनुत्तरित छ।