https://www.youtube.com/embed/cyunnMVPonE

पुरुषोत्तम गैरेको युवा पुस्ता गीत

पुरुषोत्तम गैरेको युवा पुस्ता गीत सार्वजनिक

Hollywood Khabar December 13,2018 Comments

लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेले परदेश जाने युवा र गाउँको अवस्थालाई समेटेर युवा पुस्ता भन्ने गीत सार्वजनिक गरेका छन्।

सम्राट फिल्मस प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतमा युवा पुस्ता गाउँ छोडेर बिदेश पलायन भए, गाउँको विकास कसले गर्नु, बृद्ध बच्चा रहे जस्ता शब्दहरु समेटिएका छन् ।

समय सान्दर्भिक रुपमा बनेको गीतमा स्वर लय र शब्द पुरुषोत्तम गैरेको नै रहेको छ। गीतको निर्देशक शिव बिकले गरेका छन्। छायांकन शुसिल डांगीले गरेका छन् भने सम्पादन गिरिष रिजालले गरेका छन् । म्युजिक भिडियोमा बिष्णु जी पाण्डेय, भरत कंडेल, गुरास राई र कल्पना तामाङले अभिनय गरेका छन् ।