--नरनाथ पौडेल, गोरखा, हाल: डल्लु, काठमाडौँ/९/२२/२०

प्यारी प्रकृति

Hollywood Khabar September 21,2020 Comments

गोरेटो यो टेकेको, पाउ सुस्तै सुस्तै
रानीवन छ उस्तै, स्वयम्भू दुरुस्तै !

उदास छु म एक्लै, तिमी छैनौ साथ
करुणा रुन्छ रूख, पीडा बोल्छ पात !

नजर ती नशालु, मादकतायुक्त
रोपिए ती तीरझैँ, हृदय भो भुक्त !

नरोइदे आकाश, देखी हाल मेरो
नछोपिदे बादल, दिनमै अँधेरो !

मदिराको प्यालामा, दुई डल्ला आँखा
सुसाई उराल्छन्, वियोगान्त भाका !

कति राखूँ आशा ? परदेशीसित !
कति गाऊँ प्रकृति ? विरहका गीत !!