नरनाथ पौडेल, गोरखा, हाल काठमाडौॅं

प्यारी प्रकृति !

Hollywood Khabar September 12,2020 Comments

काठमाडौॅं/९/१२/२०

 

उदास दिन यो पीडा रुन्छ, रात अनिॅंदो आँखा तर्छ !

अधीर मनको बाॅंध फुट्छ, आंखाबाट मनसुन झर्छ !!

 

हरेक बिहान आँधी चल्छ, आशा- दीप मधुरो बल्छ !

दीपसॅंगै यो हृदय जल्छ, प्यासी- दिन अधुरो ढल्छ !!

 

जुनेली रात यादहरू छर्छ, मन-मुटुमा घाउ गर्छ !

रुग्ण सपना बिहानी नहुॅंदै, सेरिएर ऊ आफैं मर्छ !!

 

अधकल्चो तन्द्रा ऐंठन बन्छ, रोई आकाश शीत हुन्छ !

स्मृतिको ऊष्ण हावा बहन्छ, घाइते मन-मुटु छुन्छ !!