-रअ र भारतीय खेल छुपाउन नेकपामा पार्टी फुट्ने नाटक मन्चन

रअ र भारतीय खेल छुपाउन नेकपामा पार्टी फुट्ने नाटक मन्चन

Hollywood Khabar November 06,2020 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर सँस्था रअका प्रमुखसँग गेम प्लान गरेको कुरा डाइभर्ट गराउन पार्टी फुटाउने खेलको नाटक मन्चन भएको छ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच खटपट भएको छ। केहि रुपमा दाहाल असन्तुष्ट हुन् तर पार्टी नै फोर्ने तहमा भने पुग्नुपर्ने कारण थिएन। यसमा पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव कुमार नेपालको सपोर्टको लागि दुवै अध्यक्षले गुहार मागेका छन्।

रामबहादुर थापा, इश्वोर पोख्रेल लाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गरे । यति मात्र होइन राष्ट्रपति जस्तो गरिमामय शक्ति पनि प्रयोगमा ल्याइएको छ। राज्य शक्ति मात्र होइन राष्ट्रको बालुवाटारकेन्द्र बाट पार्टीको बैठकको नाममा सरकारी ढुकुटी पनि त खर्च भएको छ।

यो पटक पार्टीका कार्यकारी अध्यक्ष दाहालले बोलाएको सचिवालय बैठकमा पनि आधा शक्ति मात्र उपस्थित भए। ओली पक्ष बैठकमा गएनन्। त्यसपछि बैठकलाइ अनुपचारिक नामाकरण गरियो। यो सबै केवल नाटक हो। त्यो पार्टी एकिकरण नै भएको छैन फुट्ने कुरा कसरी आउँछ भन्ने कुरा त यस पहिला पनि कारण सहति उल्लेख गरिएको छ।

यो केवल एउटा नाटकको मन्चन मात्र हो असली निर्देशक त भारतीय शक्ति केन्द्र गर्दैछ। किन हो त्यो भने केहि पछि थाहा होला।