-राष्ट्रपति निर्वाचन:लिड १८५:३५३, टसअप २६८:२७० र अन्तिम ३२५:२१३

राष्ट्रपति निर्वाचन:लिड १८५:३५३, टसअप २६८:२७० र अन्तिम ३२५:२१३

Hollywood Khabar November 02,2020 Comments

कृष्ण के सी, अमेरिका/११/२/२०२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

आम निर्वाचनको इभमा पुग्दा प्रमुख समाचार एजेन्सीहरुको पुल हर्दा निर्वाचन निर्वाचन अत्यन्तै प्रतिस्पर्धा भएको देखिएको छ। ब्याटल ग्राउण्ड स्टेटमा अन्तिम सम्म पनि दुवै उम्मेदवारहरुले एक दम मिहिनेत गरे। कतिपयमा परिणाम फरक आउने स्थिति देखिएको छ। तर पनि मतदानको दिन भोलि हो। त्यो परिणाम आउन भोलि राती अबेर सम्म कुर्नुपर्ने हुन्छ।

निर्वाचनमा बिजयी हुन् ५३८ मध्ये २७० इलेक्ट्रोरल मत ल्याउनुपर्छ। पुल अनुसार उपराष्ट्रपति बाइडेनको लिडिङ्ग मत २१३ छ भने राष्ट्रपति ट्रम्पको १८५ मत लिडिङ्ग छ। बाँकी रहेको मतमा बाइडेन १४० र ट्रम्प ५७ मतमा झिनो अन्तरले लिडिङ्ग गर्दैछन्। यदि यसै भयो भने बाइडेनले ३५३ र ट्रम्पले १८५ मत ल्याउने देखिन्छ।

तर भोलिको मतदानले फरक परिणाम ल्यायो उल्ट्यायो भने ट्रम्प २६८ र बाइडेन २७० मतमा अड्कने देखिन्छ। त्यो स्थितिमा पनि बाइडेन नै जित्छन। तर बाँकी दुवै स्थानमा ट्रम्पले जादु गरे भने ३२५ मत ट्रम्पले ल्याउँछन् र बाइडेन २१३ मा लिमिट रहन्छन।