-NRNA NCC USA:रविन्द्र उप्रेती बोर्ड सदस्यका उम्मेद्वारले बनाएको सदस्यता हेर्ने सजिलो तरिका

NRNA NCC USA:रविन्द्र उप्रेती बोर्ड सदस्यका उम्मेद्वारले बनाएको सदस्यता हेर्ने सजिलो तरिका

Hollywood Khabar April 09,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१०/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा रविन्द्र उप्रेती बोर्ड सदस्यको लागि उम्मेद्वार हुने भएका छन्। सर्लाही जिल्लामा जन्मेका उप्रेतीले त्रिभुवन विश्वविधालयबाट एमबिए सम्मको अध्यायन पुरा गरेको कुरा हलिउडखबरसंग गरेका छन्।

२००८ मा अमेरिका आएका उप्रेती विश्कन्शन राज्यमा बस्दै आएका छन्। आफूलाइ आइटीको प्रोफेशनल बताउने उप्रेतीले एनसीसी अमेरिकाको निर्वाचनका लागि प्रकाशित मतदाता हेर्न सजिलो हुने सर्टिङ्ग बनाएका छन्।

उनको यो सर्टिङ्ग प्रयोग गर्न संगै जोडिएको म्याप क्लिक गर्नुपर्छ। जुन स्टेटमा क्लिक गर्नुहुन्छ त्यो सर्टिङ्ग हुन्छ। यति मात्र होइन टप राइट कर्नरमा धेरै मतदाता भएको स्टेट र संख्या समेत देख्न सकिन्छ।

सजिलोको लागि यो तलको लिकं क्लिक गर्नुहोला:

https://public.tableau.com/profile/rabindra7836fbclid=IwAR03NLCZBHr0RqZI2FA7xFYwTq5ElWerJkEGTMe4TQC_JjiSG4_xJ1a5J5A#!/vizhome/VotersByState/NRNA2019-21?publish=yes