-Dikshya Basnet-Khaptadi

राधीका शाक्य र आरजु राणालाइ कसैले बलात्कार गरे भने दुनियाँको प्रतिक्रिया के होला ?

Hollywood Khabar February 16,2021 Comments

-दिक्षा बस्नेत-खप्तडी, अमेरिका, फेब्रवरी १७, २०२१

प्रश्नै प्रश्नले भरिएको यो लेख लेख्ने रहर पट्टक्कै थिएन तर लेख्न बाध्य गराइन्छ या बिड्म्बना बन्छ। यो मेरो मात्र होईन, आम नेपाली महिला समुदायको प्रश्न हो। बलात्कार जधन्य अपराध हो तर फेरिपनि किन घटिरहन्छ ? शरीरको बनावटले एउटी नारी उनमा यौनाङ्ग फरक हुनु त्यसैका कारण महिलाको पहिचान हुनुको कारण नै यस्तो घटना हुनुले प्रश्न मात्र होईन रगत उम्लेर आउने घटना निहालिरहेका छौं।

स्कुल पठाएकी छोरी घर फर्किने हो या होईन आम नेपाली महिलारुको प्रश्न हो। यसको बेथा घर-आंगनको डिलमा बसेर आफ्नै छोरीको यौनाङ्ग फरक भएकै कारण सन्तानको चित्कारमा बेहोसी भागिरथ भट्टकी आमालाई सोध। उनिसंग कती धेरै प्रश्न छन। प्रधानमन्त्री केपी ओलीज्यू तपाइकी श्रीमती अर्थात नेपालकी दोश्री महिलालाइ कसैले बलात्कार गरे भने, तपाइको प्रतिक्रिया के हुन्छ ? तपाइलाइ प्रधानमन्त्री पदबाट बैधानिक रुपमा हटाउने कुराले त देश नै रोकेन तपाईलाइ यो प्रश्न सुन्ने बितिक्कै रौँ ठाडा भए होलान।

कोख उजाडिएका यी हजारौं आमाहरुको शुन्यता र खोसिएको वात्सल्यलाई सोध, के त यौनाङ्गले महिला भएकै कारण योनिमा मृत्यू बोकेर हिंड्नु पर्ने हो ? सोध्ने हिम्मत छ सरोकारवालाको?? निर्मला पन्त, नबराज बिकहरु र भागीरथी भट्टका लागि आम हडताल, चक्का जाम, मशाल जुलुस, अनि शक्ति प्रदर्शन गर्ने कोहि शक्तिहरु यो देशमा होलान कि र ?

शक्तिका लागि कोरोनाको बिच हजारौंको शक्ति प्रदर्शन गर्ने नेपाल कम्युनिष्ट पार्टीहरु, नेपाली कांग्रेस लगायत पार्टीहरुले यसको जवाफ दिने हिम्मत छैन ? एउटा धन र शक्तिले भरिपूर्ण, आजित्य वर्गका ज्ञानेन्द्र शाहको लागि राज आउ देश बचाउ भन्दै सडकमा उर्लिने कुर्लिने देखिए। केपी ओली आइ लोभ यू भन्ने पुरुष मात्र थिएनन् महिला पनि थिए। प्रचण्डको कुर्सीको लागि उफ्रनेहरु पनि तेस्तै देखिए। देउबाको लागि पनि तेस्तै देखिए। झन बिप्लव आतंककारीको लागि त ज्यान नै बाजि लाएर जंगल पसेका छन्। के देशमा न्याय पाउने अधिकार नेता, राजा र पार्टीलाई मात्रै छ ? निमुखा र पीडित नागरिकलाई छैन ?

नेपालकी दोश्री महिला राधीका शाक्य र डा आरजु राणा-देउबा जस्ता शक्ति केन्द्रका महिलालाइ कसैले बलात्कार गरे, त्यो भन्दा पनि धेरै गरे भने उहाँहरु र बाँकी दुनियाँको प्रतिक्रिया के होला ?

अहिले बिश्वको जनसंख्याको तथ्यांक अनुसार ६० प्रतिशत महिला तथा बालबालिका रहेका छन। नेपालामा भएका बलात्कारका बिषयमा विसं २०७५ देखि २०७७ सम्ममा ६ हजार ८ भन्दा बढी महिलाहरू माथि बलात्कार भएको तथ्याङ्क नेपाल प्रहरीले सार्वजनिक गरेको छ। दर्ता भएका रिपोर्ट कै अनुसार पनि २०७६/७७ मा २ हजार ८ सय ३२ जनामाथि बलात्कार भएको छ। २०७४/७५ सँग तुलना गर्दा दोब्बरभन्दा पनि धेरै भएको छ। बलात्कार प्रयासका घटनाहरू पनि दोब्बरकै हाराहारीमा छन्। २०७४ र ७५ को बिचमा १ हजार ५ सय महिलामाथि बलात्कार भएको थियो भने ७ सय बलात्कारको प्रयासका घटना भएका थिए। दुई वर्षमा ६ हजार ८ सय ४४ जना महिला बलात्कृत हुनु सानोतिनो तथ्याङ्क अबश्य होइन। छिपाइएका, दबाइएका र डराएर सहेर बसेका सङ्ख्या कति होलान ? नेपाल जस्तो श्रोत र साधनले पिछडिएको मुलुकमा कती घटनाहरु घर गांउमै दबाएर अपराधिलाई र पिडितलाई मिलाइन्छ। त्यो तथ्याङ्ग त आएकै छैन।

एउटी बलात्कृत बालिकालाई न्याय दिलाउन सडकमा १० जना पनि मान्छे छैनन्। तर एउटा फटाहा नेतालाई सत्ता र शक्ति दिलाउन सडकमा हजारौ मान्छेहरु छन्। २ बर्षमा ६ हजार भन्दा बढी बालीकाको बलात्कार हुन्छ। कडा कानुन आयो, महिला आयोग, मानव अधिकार आयोग, प्रहरी प्रशासन जस्ता संरचना छन। तर बलात्कारको मुध्दा भने दोब्बर हुदै बढदो छ। ठुला नेता र दलाललाई यस बिषय राष्ट्रिय मुध्दा लाग्दैन। किनकी उनका छोरी, नातिनीको बलात्कार भएकै छैन। अछुत भनेर छुट्याइएका, दु:खी, पिडित दुरदराजका गरीबका छोरीको बलात्कार त सामान्य जस्तै हुन थाल्यो। बालिकाहरुको बलात्कारपछि हत्या हुनु महिलाको मुद्दा हो ? राज्य, सरकार् र गृहमन्त्रालयले के हेर्छ ? बलात्कारका घटना मानव अधिकार आयोग, महिला अधिकारकर्मिले मात्र हेर्नुपर्ने हो भने नागरिकको जिउधनको रक्षा गर्न सक्दिन भनेर हात उठाको हो ? हरेक हरफमा प्रश्न आउंछ जवाफ कहाँबाट पाउने हामीले ?

बलात्कार या नि जबरजस्ती करणीबारे मुलुकी ऐनले के भन्छ ?

  • क) १० बर्ष मुनीकि बालिकालाई करणी गरे १५ बर्ष सम्म जेल सजायं
  • ख) १० वा सो भन्दा बढी १४ बर्ष भन्दा कम भए १२ बर्ष सम्मको जेल सजाय
  • ग) १४ बर्ष वा सो भन्दा बढी १६ बर्ष भन्दा कम उमेर भए १० बर्ष जेल सजाय
  • घ) १६ बर्ष भन्दा बढी ३० बर्ष भन्दा कम उमेर भए ८ बर्ष सजायं
  • ङ) २० वा सो भन्दा बढी उमेरकी भए ५ देखी ७ बर्षा जेल सजायं !

अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनी लोग्नेले स्वास्निलाई जबर्जस्ती करणी गरेमा ३ बर्ष देखी ५ बर्ष सम्म जेल सजाय !

कितावका पानामा सिमित यी कानुनी हरफले न्याय दिलाउन नसक्दा अब त झन करणी मात्र होईन करणीपछि हत्याका शृन्खला मौलाएका छन। नानी, छोरीहरुले पलपलमा महशुस गर्ने असुरक्षाको अन्त्य कहिले हुन्छ ? हामी माथि बोलेर हुने हिंसा अन्त्य कहिले हुन्छ ? बालिका माथि कुदृष्टी राख्नेहरु कहिले सुध्रीन्छन् ? हामी कहिलेदेखी घरबाट भयमुक्त भएर बाहिर निस्किन पाउछौ ? अनि हामी कहिले देखि बलात्कारको बिरोध गर्न सडकमा निस्किनु पर्दैन ? कहिले देखि ?

यदाकदा सुन्दैछु भागिरथी भट्टको बलात्कारी हत्यारा एक १७ बर्षिया युवा सार्बजानीक भएका छन्। फेरी यही प्रश्न? के एक समकालिन युबती र युबक बिच दोहोरो भिडन्तमा युबकले बलात्कार गरी, भिरसम्म लगेर एक्लै हत्या गर्न सफल हुन्छ ? त्यहाँ युबतिले प्रतिकार गरीनन होला ? फेरी यहाँ कसलाई जोगाउन यो खेल खेलिदैं छ ? १३ बर्षीय बालिकालाई मुखमा बन्दुक राखर बलात्कार अनि हत्या गर्ने केपी ओलीका प्रियपात्र अर्का “बाहुन डन” त छैनन् ? राजनैतिक खोल ओडेर अपराधीलाई लुकाउने, छुटाउने काम जहिले सम्म बन्द हुदैन त्यहिलेसम्म हाम्रा छोरीचेली यो समाजमा खुल्ला रुपले हिड्ने अबस्था छैन। त्यसैले मलाइ लाग्छ छोरी गर्भ देखि नै असुरक्षित छिन।

यी सबै सवालको जवाफ खोजेको बर्षौं भयो। कहाँ छ जवाफ ? अब अर्को श्रदान्जली लेख्न नपरोस। संसार भरिका गैरआबासीय दिदिबहिनीहरु पनि एकहुनु जरुरी छ अब। मातृभुमीमा निमोठिएका फुलहरु र ती आमाहरुका रोदन र चित्कारलाई आत्मासाथ लिदैं हिंसा बिरुद्द एकताबढ्द जनाइ केहि कदम चाल्ने र सोच्ने बेला आएको छ।

जय मात्रीभुमी

जय नेपाल !!