Hollywoodkhabar advertisement

कम्यूनिष्ट भन्दा राजा ठीक, काठमाण्डौमा पनि राजा बोलाउने काम सुरु

-कम्यूनिष्ट भन्दा राजा ठीक, काठमाण्डौमा पनि राजा बोलाउने काम सुरु
0
shares

यथार्थमा भन्ने हो भने कम्यूनिष्ट भन्दा राजतन्त्र भएको देश गौरवशाली र उच्च रुपमा अगाडी बढेका छन्। कम्तिमा त्यहाँ राष्ट्रियता र राष्ट्र धरापमा पर्दैन भन्ने एउटा आदर्श हो। त्यो आदश लागु होस् या नहोस नेपालमा भने काँग्रेस र कम्युनिष्टको अतिभ्रष्ट कार्यका कारण हराएका राजा बोलाउने काम बढेर गएको छ।

नोवेम्बर ३०, २०२० सोमबार राजतन्त्रको पक्षमा काठ्माण्डौमा प्रदर्शन भएको छ। राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा सो प्रदर्शन भएको हो। प्रदर्शनमा उनीहरुले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए। राष्ट्रिय झण्डा पनिले भिड ढाकेको थियो। माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए।