-राष्ट्रिय मामिलमा मुख नखोल्न राजनितिक पार्टिको भातृसँस्थाको उपाध्यक्ष पदमा बसिरहदा म आफू ऊकुसमुकुस भएको महशुस गरेको छु ।

राष्ट्रिय मामिलमा मुख नखोल्न राजनितिक पार्टिको भातृसँस्थाको उपाध्यक्ष पदमा बसिरहदा म आफू ऊकुसमुकुस भएको महशुस गरेको छु

Hollywood Khabar November 23,2019 Comments

कृष्ण के सी/अमेरिका/११/२३/१९

नेपाली कांग्रेसको भात्री संस्था नेपाली जनसम्पर्क समिति नर्वेको उपाध्यक्ष पदबाट राजन सुवेदीले राजिनामा दिएका छन्। सुवेदीले राष्ट्रिय मामिलामा पनि बोल्न नसकेको, मुकदर्शक भएको, गतिबिधि गर्न नदिए जस्ता थुप्रै आरोप सहित आफ्नो पदबाट राजिनामा दिएका हुन्।

सुवेदीले हलिउडखबरलाइ उपलब्ध गराएको उनको राजीनामाको प्रति जस्ताको तेस्तै:

मिति २४ नोभेम्वर २०१९

श्रीमान सभापतीज्यू

नेपाली जनसम्पर्क समिति नर्वे,

बोधार्थ,

नेपाली काँग्रेस केन्द्रिय कार्यालय

सानेपा, काठमाण्डौँ

बिषय :- राजिनामा सँबन्धमा ।

उपरोक्त सँबन्धमा, गत अप्रिल २८ मा सम्पन्न नेपाली जनसम्पर्क समिति नर्वेको चौथो अधिवेसनबाट म, राजन सुवेदी उपाध्यक्षमा मनोनित भएको हुँ। सोहि बमोजिम आफ्नो ज्ञान र बिवेकले भ्याएसम्मको कार्य गर्दै आएको कुरा त श्रीमान लगायत नेपाली जनसम्पर्क समिति नर्वेलाई अवगतनै नै छ।

नेपाली काँग्रेसले सँस्थापक नेता महामानव स्वर्गिय श्री विपी कोईरालाको सोच र बिचार बिपरीत राष्ट्र, राष्ट्रियता र जनहितको बिपरित ब्यक्ति पोषणको राजनीति गर्न थालेर देश र जनता साथै स्वयं विपीको पनि अपमान गरेको कुरा मैले महसुस गरेको छु।

शिर्ष नेता देखी साधारण कार्यकर्ता सम्मका व्याक्तिहरूले कानूनि मूल्य र मान्यताको खिल्ली उडाउन ऐकेवद्धता जनाउने तर राष्ट्रिय मामिलमा मुख पनि खोल्न नसक्ने राजनीतिक पार्टीको भातृसँस्थाको उपाध्यक्ष जस्तो गरिमामय पदमा बसिरहदा म आफू उकुस-मुकुस भएको महशुस गरेको छु।

कानुनले जिवित व्याक्तिलाई आगेमा होमी हत्या गरेको आरोपमा गिरफ्तार गरेको ब्याक्तिको समर्थनमा स्वयं केन्द्रिय सभापतीज्यूको आपत्तिजनक भनाई आयो। सोहि बिषयमा कार्यकर्तालाई सडकमा उतार्ने काम भयो। तर देशको सिमा मिचिदा आफ्ना कार्यकर्ता लगायत कुनै पनि भातृसंगठनहरूलाई कुनै कार्य गर्नलाई प्रेरित गर्न नसक्ने निकम्मा राजनीतिक सोच भएको राजनैतिक पार्टीको एउटा जिम्मेवार पदका साथै सदस्यको रूपमा रहनु पनि देश, समाजको र राष्ट्रको हित बिपरित जानु हो भन्ने मेरो आफ्नो ठहर छ।

त्यसैले आजकै मितीबाट लागु हुनेगरी नेपाली जनसम्पर्क समिति नर्वेको उपाध्यक्षका साथै नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरी श्रीमान समक्ष यो राजिनामपत्र पेश गरेको छु।

राजन सुबेदी

उपाध्यक्ष

नेपाली जनसम्पर्क समिति नर्वे