तस्बिर साभार वेब

राजविराजमा आज बिहानैदेखि कर्फ्यु

Hollywood Khabar July 21,2020 Comments

८ साउन काठमाडौं।कोरोना संक्रमण तिव्ररूपमा फैलिएको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ५ बजेदेखि राजविराज नगर क्षेत्रमा कर्फ्यु लगाएको छ।सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनामा कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जना व्यापारीको समेत मृत्यु भएको हुदाँ समुदायमा नै कोरोना फैलिएको आशंकामा अर्को आदेश नआउँदासम्मलाई राजविराज नगरक्षेत्रलाई  निषेधाज्ञा जारी गरिएको हो । 

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन,पसल बन्द गरिएको हुनाले सडक र चोकहरू अहिले सुनसानजस्तै बनेका छन्। निषेधाज्ञा उल्लंघन गर्नेलार्इ कानुन बमोजिम कडा कार्बाही हुने चेतवानी विज्ञप्तिमा दिइएको छ।