-रामानन्द अनुसन्धान केन्द्रको शुभारम्भ

रामानन्द अनुसन्धान केन्द्रको शुभारम्भ

Hollywood Khabar June 23,2021 Comments

यही असार ६ गते (20 June, 2021) आइतवार गङ्गादशहराको सु-अवसरमा महेश-संस्कृत-गुरुकुलका संस्थापक डा स्वामी रामानन्द गिरिको नाममा ब्रह्मवित् परमहंस १००८ स्वामी सच्चानन्द पुरिजी महाराजबाट रामानन्द अनुसन्धान केन्द्रको शुभारम्भ भएको छ।

शुभारम्भ कार्यक्रममा महेश-संस्कृत-गुरुकुलका संरक्षक श्री १००८ स्वामी मधुसूदनानन्द गिरि, पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि, विद्यापीठका प्राचार्य डा. गुरुप्रसाद सुवेदी, गुरुकुलका प्रधानाध्यापक फणीन्द्रप्रसाद पौडेल लगायत गुरुकुलका अभिभावक, छात्र एवम् साधुसन्तहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जुम प्रविधिमार्फत् देश विदेशमा रहेका विशिष्ट विद्वान् तथा आश्रमका शुभेच्छुक, सहयोगीहरूको समेत उपस्थिति रहेको थियो।

सनातन ज्ञान-विज्ञान र नेपालको मौलिक इतिहास, परम्परा एवं नेपाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि विश्वमै पहिलो पटक आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको कार्यक्रमका वक्ताहरूले बताएका थिए।अनुसन्धान केन्द्रले नेपालका सबै जातजाति, भाषा, संस्कार, संस्कृतिको सनातन स्रोत खोज्दै मौलिक नेपाली पहिचानको अन्वेषण गर्ने विज्ञहरूले बताएका थिए।नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँको देवघाटधाममा स्थापना हुन लागेको अनुसन्धान केन्द्रको प्रारम्भिक लागत ५० करोड रहेको पनि आयोजकहरूले बताएका थिए।