-गृहमन्त्री थापाले भने, अरु देशको तुलनामा नेपालमा बलत्कारका घटना पुगेको छैन

गृहमन्त्री थापाले भने, अरु देशको तुलनामा नेपालमा बलत्कारका घटना पुगेको छैन

Hollywood Khabar September 30,2020 Comments

सायद राम बहादुर थापा महिला भएको भए र उनलाई कसैले बलात्कार गरेको भए उनको अभिव्यक्ति के हुन्थ्यो त्यो थाहा छैन। पछिल्लो समयमा नेपालमा बलात्कारका घटना बढ्दै गएका छन्। त्यति मात्र होइन बलात्कार पछि हत्या गरेर फाल्ने गरिएको छ। यसप्रति नेपाल सरकारका गृहमन्त्री रत्ति पनि चिन्त्ति र सचेत छैनन्।

यसै बिषयलाई नेपालको संघिय संसदीय समिति मध्ये राज्य व्यवस्था तथा सुशासन समितिमा बलात्कारका घटनाबारे उनले दिएको अभिव्यक्तिले धेरै चर्को आलोचना निम्त्याएको छ। उनले भने, सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति छैन, यो सामान्य हो। कसैको बलात्कार गरि हत्या गरिनु सामान्य मान्ने गृहमन्त्री आफै त माफिया र गिरोहमा छैनन् ?