https://www.youtube.com/embed/GcH2CCZi0uA

रमिला न्यौपानेको भुरुरु उडेको पुतली खुमन अधिकारीलाइ

Hollywood Khabar July 16,2018 Comments

मनोज थापा/काठमाडौं
गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तिजलाई लक्षित गरेर भुरुरु उडेको पुतली को भिडियो सार्वजनिक गरेकी छिन्। चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन्। अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो ।
मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो।लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन्। देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छिन्। प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ। राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।