साङ्केतिक तस्बिर:साभार वेब

बलात्कारको आरोप लगाउने युवतीलाई एक महिना कैद

Hollywood Khabar September 14,2020 Comments

३० भदौ, सुर्खेत।बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजाय फैसला गरेको छ।तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला गरेको हो ।