-राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रिय अखण्डता तथा सद्भाव कायम राख्न राष्ट्रपति भण्डारीको आग्रह 

Hollywood Khabar September 18,2019 Comments

३ असोज, काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् ।संविधान दिवस, ०७६ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको भन्दै सबैमा सुख, शान्ति र समृद्धि तथा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशमा तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको भन्दै सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरूप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको बताएकी छन्  ।राष्ट्रपति भण्डारीले ‘लामो संघर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गर्दछु’, राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भनेकी छन् ।