-राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमण सकी, आजै बेलुका थाई बिमानद्वारा जापान आईपुग्ने

राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमण सकी, आजै बेलुका थाई बिमानद्वारा जापान आईपुग्ने

Hollywood Khabar October 19,2019 Comments

प्रेमिला गौचन/टोकियो,जापान/ओक्टूबर,२०

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आज बेलुका जापान आइदै हुनुहुन्छ ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपति भण्डारी २४ जनाको प्रतिनिधिमण्डल सहित राति क़रीब ९:३० बजे जापान आई पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भणडारीलाईलाई स्वागत गर्न राजदूत प्रतिभा राणा सहितका कर्मचारीहरु नारिता विमानस्थल पुगी सकेका छन ।

प्रतीनिधिमण्डलमा गृहमन्त्री राम बहादुर थापा 'बादल' ,परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी,७ जना पत्रकार, सहित केही शाही सेनाका जवान पनि उपस्थित हुने टोकियो स्थित नेपाली राजदूतावासले जनाएको छ ।

गृहमन्त्री थापा भने सिधै नेपालबाट प्रस्थान गरी राष्ट्रपती भण्डारीसँग बैंककमा सामेल भइ आउन लागेका हुन । जापानी सम्राट नोरुहितोको यही कात्तिक ५ गते हु राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी असोज २९ गते म्यानमार प्रस्थान गर्नुभएको थियो । पाँच दिने भ्रमण सकेर राष्ट्रपति भण्डारी आज जापान आउन लाग्नु भएको हो ।