- निर्वाचन आयोग

राष्ट्रियसभा चुनावको प्रचार दिनभरी मात्र,आज रातिबाट मौन अवधि सुरु 

Hollywood Khabar January 18,2020 Comments

६ माघ, काठमाडौं ।आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार आज दिनभर मात्र गर्न पाइने भएको छ ।निर्वाचन आयोगले  सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने जनाएको छ ।निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् ।राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख  सहितका राष्ट्रियसभाका  सदस्य चुनिने छन् ।