रातो पासपोर्ट बाहकले निजी ‘विशेष काम’मा पनि प्रयोग गर्न पाउने

Hollywood Khabar September 24,2018 Comments

१० असोज काठमाडौं।कूटनीतिक राहदानी(रातो पासपोर्ट)वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन्।राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो।विशेष काम कस्तो कस्तोलाई मान्ने रु भन्ने परिभाषा विधेयकले गरेको छैन।कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ।

कूटनीतिक राहदानी सरकारी कामको सिलसिलामा मात्र प्रयोग गर्न पाउने गरी सरकारले ल्याएको मूल विधेयक संसदले परिमार्जन गरेको हो।विशेष काम भन्ने शव्दावली थपेर प्रयोगको कार्यविधि समेत निमायवली वा निर्देशिकामार्फत तोक्नेगरि संसदले घुमाउरो बाटोबाट व्यक्तिगत कामका लागि समेत उक्त राहदानी प्रयोग गर्न पाउने विकल्प खोलेको हो।मूल विधेयकले कूटनीतिक र विशेष राहदानी सरकारी कामका लागिमात्र प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो।

समितिले पारित गरेको प्रतिवेदन मङ्गलबार प्रतिनिधिसभामा पेस भएको छ।समिति सभापति पवित्रा निरौला खरेलले समयसापेक्ष तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन क्षेत्रमा भएका परिमार्जन अनुसार विधेयक तर्जुमा गरिएको बताउनुभयो।समितिले मूल विधेयकको दफा ६ परिमार्जन गर्दै सरकारी कामको सिलसिला भन्ने शव्दावली परिमार्जन गरिएको छ।जसमा सरकारी वा विशेष कामको सिलसिलामा भन्ने वाक्यांश थपिएको छ। अब विशेष कामको सिलसिलामा विदेश जानका लागि संवैधानिक निकाय, मन्त्रालय वा सचिवालयबाट मनोनयन भई लेखी आएमा कुटनीतिक राहदानी दिने व्यवस्था गरिएको छ।विशेष कामको परिभाषा भने गरिएको छैन।