Hollywoodkhabar advertisement

नेपाल समुहको स्थायी कमिटी बैठकमा नगएपछि नेपाल पुगे रावल निवास

-नेपाल समुहको स्थायी कमिटी बैठकमा नगएपछि नेपाल पुगे रावल निवास
0
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेता भीम रावल गएनन्। उनी नगएपछि पार्टी नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए। जुलाई २१, २०२१ बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए। रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।

बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरु नेताहरुले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका हुन्।

ADVERTISEMENT-----