रवी किङ्ले बनाउने भए अमेरिकामा नै नेपाली मुभी

Hollywood Khabar April 22,2017 Comments

कृष्ण के सी

अमेरीका बस्दै आउनु भएका नेपाली फिल्म इण्ड्रस्ट्रिका रवि किङ्ग अर्थात रवी सिंङ्ग बस्नेत-किङ्ले अब अमेरिकामा नै नेपाली मुभी बनाउने कुरा Hollywood Khabar लाइ बाताउनु भएको छ।

नेपालमा थुप्रै चलचित्र निर्देशन गरिसकेका निर्देशक बाबुराम ढकालको निर्देशन रहने प्रेम कथामा आधारित “Two Besties” नामको नेपाली भाषाको चलचित्र बनाइन लागिएको कुरा बस्नेतले जानकारी दिनुभयो। चलचित्रमा अमेरिकामा रहेका नयाँ तथा पुराना कलाकारहरुका साथमा किङ् स्वयंले समेत अभिनय गर्ने कुरा बताइएको छ। 

चलचित्रको सुटिङ्ग विश्व चर्चित शहर सान फ्रान्सिस्को, फिल्मी नगरी हलिवुडको शहर लास एन्जलस, जुवा र मनोरंजनको संसार लस भेगास, अमेरिकाको राजधानी डिसीमेट्रो क्षेत्र, बिल गेट्सको शहर सियाटल, दुनियाँको चर्चित शहर न्यूयोर्क र मातृभूमी नेपालमा समेत गरिने छ।