Red Bull को दुनियाँ: १७१ देश बिस्तार ६२ बिलियन क्यान बिक्री

Hollywood Khabar April 23,2017 Comments

कृष्ण के सी
Dietrich Mateschitz ले १९८० मा अत्यन्तै फरक फर्मुला बनाएर सुरु गरेको Red Bull पेय पदार्थ पहिलो पटक भने अप्रिल १, १९८७ मा Austria को बाजारमा बिक्रीमा आएको हो। त्यो समयमा Red Bull बिशुद्द नयाँ पेय पदार्थ थियो। आफ्नो ३० बर्षे इतिहासमा Red Bull ले १७१ देशमा बिस्तार गरेर ६२ बिलियन क्यान बिक्रि गर्ने क्षमता राख्दछ।
सन २०१६ को अन्तमा पुग्दा Red Bull को कर्मचारी मात्र ११८६५ जना हुनपुगे। जबकी सन २०१५ को अन्तमा त्यो संख्या १०९९७ मात्र थियो। २०१५ को अन्तमा १६९ देशमा रहेकोमा सन् २०१६ को अन्तमा १७१ देशमा बिस्तार भयो।
सन् २०१६ मा मात्रै विश्वभरिमा गरेर ६२ बिलियन क्यान Red Bull बिक्री भएको कुरा उसको साइटले जानाकारी दिएको छ। यसको बार्षिक वृद्धीदर १.८% छ। २०१६ मा कर्पोरेटले EUR ६.०२९ बिलियनको ब्यापार गरेको छ। यत्ति ठूलो ब्यापार हुनमा उसको उतकृसट उत्पादन, कुशल बजार ब्यबस्थापन र आकर्षक बिज्ञापनलाइ मानेको छ। 
सुरुका दिनमा नेपालमा सामान्य नेपालीले Red Bull लाई अन्डा, हर्लिक्स, भटमास, लिटो जस्तै तागतिलो कुरा सम्झने कुरा बताउछन। कालान्तरमा वास्तविक कुरा बुझ्दै छन् नेपाली पनि। Red Bull बिल्कुल तेस्तो कुरा होइन।
अस्ट्रियन कम्पनीले बाजारमा ल्याएको Red Bull मा हुने ingredients थुप्रै छन् जुन स्वास्थका लागि खराब पनि छन।
Red Bull र मानव स्वास्थ्य
हाल थुप्रै स्वादमा बजारमा आउने Red Bull क्यानहरु हेर्दा भने आकर्षक छन। रक्सीसंग Red Bull पिउँदा टक्सिन हुन्छ। अत्याधिक र नियमित रुपमा Red Bull पिउँदा cardiac and psychiatric conditions पनि हुन सक्छ। Red Bull मा सुगरको मात्र अत्याधिक हुन्छ। सुगर फ्री या लो क्यालोरी भनिएता पनि क्याफिन फी चाहिँ होइनन। Red Bull मा caffeine, taurine, B vitamins (B3, B5, B6, B12), sucrose र glucose हुन्छन। Red Bull Sugarfree मा पनि sugars sucrose र glucose राखिएका हुन्छन।
एउटा 8.4 OZ साइजको Red Bull र सोही साइजको फिल्टर गरिएको कफीमा उत्तिकै मात्रामा ८० देखि ९४ ग्राम सम्म क्याफिन हुन्छ। तेही साइजको कालो चियामा ६३ ग्राम क्याफिन हुन्छ। ४० ग्रामको डार्क चकलेटमा २८ ग्राम क्याफिन हुन्छ।