-इशान शर्मा, जनवरी ३, २०१९
रेशम फिरिरि रेशम फिरिरि
जेलमा जाउँ सल्युट खाउँ, रेशम फिरिरि....!
जेलमा बस्दा माननीय भन्दै सल्युट खाने छु
केपीओलिको कृपा छ मलाई मन्त्री छिट्टै हुनेछु
रेशम फिरिरि.. रेशम फिरिरि
जेलमा जाउँ सल्युट खाउँ, रेशम फिरिरि....!
ऐलेको सरकार हेर हो साथी राजपाले नचाउने
जति सुकै अपराधगरेनी ओलि सरकारले बचाउने ।
रेशम फिरिरि.. रेशम फिरिरि
जेलमा जाउँ सल्युट खाउँ, रेशम फिरिरि....!
अड्तिस् क्विन्टल सुनको थैलो पचायौ सुलुक्क
हत्या हिंसा बलात्कारले समृद्ध हाम्रो मुलुक
रेशम फिरिरि.. रेशम फिरिरि
जेलमा जाउँ सल्युट खाउँ, रेशम फिरिरि....!
न्याय माग्न अन्शन बस्दा मरे यही देशमा
म हु राजा कस्ले के गर्छ दुई तिहाईको भेषमा
रेशम फिरिरि.. रेशम फिरिरि
जेलमा जाउँ सल्युट खाउँ, रेशम फिरिरि....!
वाइडबडि भ्रष्टाचार कति हो कति घोटाला
हेर त कति सुखी नेपाली यहाँ समृद्ध नेपाल ।
रेशम फिरिरि.. रेशम फिरिरि
जेलमा जाउँ सल्युट खाउँ, रेशम फिरिरि....!
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता