https://www.youtube.com/embed/Z-FdGbjrQ30

गित सुन्न माथिको भिडियो क्लिक गर्नुहोस

उर्वसी गितले ब्यस्त रक गायिका सरस्वती लामा

Hollywood Khabar February 02,2017 Comments

आफ्नो पहिलो एल्बम उत्तरपूर्वको उडिजाने हावाले गितबाट चर्चामा आएकी रक गायिका  सरस्वती लामा दोश्रो एल्बम उर्वसीबाट ब्यस्त हुनुभएको छ। हुन त आजकल धेरै गायकहरु ब्यस्त नै हुनुहुन्छ। तर पनि लामा हरेक ठाउँमा उर्वसी गितबाट दुई-दुई पटक गाउन अनुरोध आउने गरेको छ।


लामाको सो एल्बमबारे कान्तिपुर टिभी, इमेज टिभी, कान्तिपुर सह्ताहिक, नागरिक न्यूज, धेरै रेडियो र थुप्रै अनलाइनबाट चर्चा भएको छ।
पछिल्लो पटको काभ्रेमा उर्वसी गितका संगीतकार बसन्त सापकोटासंग स्टेजमा शो गर्दा पनि लामाकै प्रस्तुतिले दर्शक तान्यो र सारा दर्शक ततायो। हरेक ठाउँमा यो गित डान्सिङ्ग नम्बरमा आएको छ।


हिटमा परेको सो गितका शब्द भने संचारकर्मी कृष्ण के सी को हो। के सीको पहिलो पटकको रचना नै हिट खाए पछि हौसिएर गीतलाई छिटै म्यूजिक भिडियो बनाउने कुरा बताइएको छ। थुप्रै स्टेज शोहरुमा ब्यस्त गायिका लामा ल्होसारमा त झन  ब्यस्तहुनुहुन्छ। लामा आगामी मार्च ४ सम्म एक महिनाको लागि प्याक भएको कुरा बताउनुहुन्छ।