-तस्विर वेव

फुटबल खेलाउने विषयमा विवाद हुँदा गोलि प्रहार 

Hollywood Khabar October 06,2019 Comments

२० असोज, बनेपा । फुटबल खेलाउने विषयमा विवाद हुँदा बनेपामा एक राउण्ड गोलि चलेको छ।रोशी गाउँपालिका–११ मा फुटबल प्रतियोगिताको विषयमा झगडा हुँदा आइतबार राति गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारीको छलफलमा गोलि चलेको जनाइएको छ ।छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई केहि नभएको फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।