साङ्केतिक तस्बिर:साभार वेब

रूख ढाल्ने क्रममा सोही रूखले किचेर दुई जनाको मृत्यु

Hollywood Khabar February 24,2020 Comments

१३ फागुन,बागलुङ।बागलुङ र पर्वतमा रूख ढाल्ने क्रममा सोही रूखले किचेर एक/एक जनाको मृत्यु भएको र एकजना घाइते भएका छन्।बागलुङ नगरपालिका-७ तितौरेका ४६ वर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको र ४२ वर्षीय पदम कार्की घाइते भएका हुन्।मंगलबार दिउसो उनी तितौरे सामुदायिक वनमा रूख ढाल्न गएका थिए।रूखले किचेपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। उनको अस्पताल ल्याइ पुर्याअउँदा दिउसो साँढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

यसैबीच पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङका सुरज परियारको पनि मंगलबारै रूखले किचेर मृत्यु भएको छ।घरछेउमै रूख ढाल्ने क्रममा सोही रूखले परियारलाई किचेको थियो।उनको पनि मंगलबार दिउँसै उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो।अस्पताले उनको पनि मृत्यु भएको घोषणा गरेको थियो।परिवारका अनुसार परियारले रूख ढाल्ने क्रममा चलेको हावाका कारण विपरीत दिशामा ढल्न पुगेको थियो। सुरक्षित बन्न खोज्दाखोज्दै उनलाई रूखले किचेको थियो।