पूर्व अर्थ सहायक मन्त्री रुप ज्योती

पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

Hollywood Khabar November 06,2019 Comments

२२ कार्तिक काठमाण्डौ।पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले ज्योतीलाई बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ रुपैया उठाएर ठगी गरेको आरोप लागेका ज्योतीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको परिसरका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले जानकारी दिनुभयो।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको हो।