-सभामुख कृष्णबहादुर महरा

सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्वगर्दै कजाकस्तान प्रस्थान  

Hollywood Khabar September 19,2019 Comments

४असोज,काठमाडौं।सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन् ।सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।सभामुखले आगामी सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गर्ने सभामुखको सचिवालयले जानकारी  दिएको छ।सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान गएका छन् ।