तस्बिर साभार वेब

सभामुखको नयाँ निवास लैनचौरमा

Hollywood Khabar January 21,2020 Comments

८ माघ,काठमाडौं।सभामुखलाई लौनचौरस्थित नयाँ निवासमा राखिने भएको छ।बालुवाटारस्थित प्रधान मन्त्रीको निवाससँगै रहेको सभामुखको निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेपछि सभामुखको नयाँ निवासको खोजी भइरहेको थियो।

यसअघि उपराष्ट्रिपतिले प्रयोग गरेको निवासमा सभामुखलाई राखिने भएको हो । प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएसँगै सहरी विकास मन्त्रालय र संघीय संसद सचिवालयले सभामुखका लागि निवासको खोजी थालेको थियो।मन्त्रालयले सभामुखका लागि यसअघि उपराष्ट्रपति बस्दै आएको लैनचौरस्थित सरकारी घरलाई प्रयोग गर्ने जानकारी दिएको छ ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बस्नु भएको थियो । उहा पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि उक्त निवास खाली थियो । सुरक्षा र पार्किङका दृष्टिले पनि उक्त घर सभामुखका लागि उपयुक्त भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।