८ माघ,काठमाडौं।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गर्नुभएको छ। हत्या’का आरोपीलाई सभामुखको उम्मेदवार बनाइएको भन्दै केही मानवअधिकारकर्मी र अधिकारवादीले माइतघर मण्डलामा धर्ना दिएकै दिन अध्यक्ष प्रचण्डले दुःख नगर्न आग्रह गर्नुभएको हो ।
आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा दाहालले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएकाले यसमा कसैले माइतीघरमा दुःख गर्नु नपर्ने बताउनु भयो । ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा ?’, दाहालले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले सापकोटाकाविरुद्धमा कुनै मुद्दा नै नभएको समेत दाबी गर्नुभयो । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । पार्टीमा सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्यौं’,उहाले भन्नुभयो, ‘हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघर मण्डलमा साथीहरूले दुःख नगरे हुन्थ्यो ।’
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता