-१४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउबाले पदाधिकारी बैठक बोलाए

१४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउबाले पदाधिकारी बैठक बोलाए

Hollywood Khabar June 10,2021 Comments

नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पार्टी सभापति शेर बहादुर देउवाले पदाधिकारीहरुको बैठक बोलाएका छन्।

जुन १२, २०२१ शनिबार दिउँसो २ बजे पदाधीकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाइएको छ। बैठकमा आगामी १४ औं महाधिवेशनको मिति, सदस्यता, पार्टीको स्थानिय देखि केन्द्र सम्म सबै तहको निर्वाचन लगायतका बिषयमा छलफल हुने बताइएको छ।

नेपालको तत्कालिन राजनैतिक दल र संसदीय प्रणाली अनुसार आगामी कात्तिकभित्र महाधिवेशन सम्पन्न नगरे पार्टी अबैधानिक हुनेछ। सभापति देउबा अझै पनि कुनै उपायले म्याद थप्न मिल्छ भन्ने योजनामा छन्।