-सोनी शर्मा 

सडकमा खोला,खोलामा घर पानीमा चुर्लुम्म हाम्रो शहर 

Hollywood Khabar July 11,2018 Comments

सडकमा खोला,खोलामा घर 
पानीमा चुर्लुम्म आहा हाम्रो शहर 

अरुबेला हामिले मिच्चौ यो खोलालाई 
त्यसको बदला लिन २ महिना उर्लन्छ यो 

हामीले ढल मिसाएका नालिहरु 
हामीले फालेका फोहोरका पोकाहरुले 

अरुबेला नाली टाल्दै बस्छन् डुंगडुंग गनाउँदै 
बरु नाक थुन्छौ हामि तर ढल मिसाउन छोड्दैनौ 

घर,गाडी भान्सा टिलिक्क टल्काउँदै 
फोहोरजति नाली र बाटोमा फ्यात्त फाल्ने 

यो शहरको सबैभन्दा सभ्य म 
न नियमले छुन्छ न त कानूनले 

तर आज आकाशले रुँदै भीषण बर्षा गर्दै भन्यो 
ए खोलाहो उर्लेर देखाउ  एकपटक 

सभ्य मानिसले गरेको असभ्य फोहोर पखाल्न छ यहाँ 
यति राम्रो सहरका मानिसलाई  सिकाउँ  यो कुरा 

प्लाटिंङका नाउँमा अन्धाधुन्दा डोजर लाउँनु गलत हो 
खेति गर्ने गहिरो ठाउँमा घर बनाउँनु गलत हो 

खोला बग्ने ठाउँ अतिक्रमण गरि बस्ति बसाल्नु गलत हो 
सेफ्टी ट्यांकी नबनाई खोलामा ढल बगाउनु गलत हो 

पानी बग्ने नालीमा फोहोर फालेर पानी बग्न नदिनु गलत हो 
तिमि सभ्य बन्यौ भने हामीपनि धर्म भुल्दैनौ 

नाली नालिमै बग्छौँ खोला खोलामै बग्छौँ 
तिम्रो सडक बस्तीमा हामीलाई पस्न बाध्य बनाउने तिमि हौ 

तिमि हामीलाई मिच्ने कोशिस नगर हे मानव 
हामि तिम्रो बाटो बस्ति शहर डुबाउने छैनौ। 

प्रकृती तिम्रो शत्रु होइन,हुने पनि छैन 
अव त कुरा बुझ हे चेतनशील मानव।