-संचारकर्मी सच्ची मैनाली

संचारकर्मी सच्ची मैनाली कोरोनाबाट संक्रमित ? उनको फेसबुकबाट बिस्तृति सहित

Hollywood Khabar April 15,2020 Comments

कृष्ण के सी/अमेरिका/४/१६/२०

नेपालमा रहँदा पनि भ्रष्टाचार र दुर्गुनीहरुलाई धज्जी उडाएर समाजमा ल्याउन सफल संचारकर्मी सच्ची मैनाली कोभिड १९ बाट संक्रमित भएकी छन्। उनका अनुसार कोरोना संक्रमण नै हो भन्ने डाक्टरको भनाइ छ तर परिक्षण गरिएको छैन। उनि हाल घरमा नै आइसोलेशनमा छिन।

सच्चीले आफ्नो फेसबुकमा अप्रिल १४ मा उनले तीन दिन अगाडी देखि आफूलाइ संक्रमण भएको लामो स्टाटस लेखेकी छन्। सच्ची अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएकी एक दरिलो प्रस्तुति दिने संचारकर्मी हुन्। केहि बर्ष देखि सच्चीको साथमा भन्ने उनको कार्यक्रम चर्चित पनि छ। उनै सच्ची मैनाली हाल कोरोना भाइरस रोगबाट संक्रमित भएर आइसोलेशनमा बसेकी छन्। उनले आफ्नो लक्षण र भोगेका कुरा लामो रुपमा प्रस्तुत गरेकी छन्।

यहाँ सच्चीको फेसबुकबाट उनले लेखेको कुरा जस्ताको तेस्तै कपि पेष्ट गरिएको छ।

अप्रिल १४, २०२०

आज पनि बिहानैदेखि सार्है टाउको दुख्यो। सहनै नसक्ने गरी टाउको दुखेको आज तेस्रो दिनभयो। अलिकति दुख्दैमा सजिलै औषधि खाने मान्छे म हुँदै होईन। त्यसैले तेस्रो दिन पनि अदुवा हालेको २ Mug दुधको चिया लगातार पिएँ । प्रायजसो चिया पिउने मान्छे पनि म होईन । चिया पिईसकेको मात्रै थिएँ, अचानक एकदमै खुट्टा दुख्न थाल्यो। कार्यक्रमको बिषयमा सृजन जी संग फोनमा कुरा गरिरहेको थिएँ। अचानक शरिरमा पीडा बढ्न थाल्यो। कुरा गर्न सकिन र आज रातिको कार्यक्रम पनि गर्न सक्दिनहोला भनेर फोन राखें।

त्यसपछिको सॉढे ३ घण्टा मलाई जुन पीडा भयो त्यो शब्दमा ब्यक्त गर्नै सक्दिन। त्यति भयानक पीडा, त्यो पनि अचानकै। एकैछिनमा ज्वरो पनि १०३ पुग्यो। पुरै शरिर दुख्न थाल्यो । म पुरै सॉढें ३ घण्टा कॉपेको काप्यै भएँ। भमिट होला जस्तो पनि भयो । छाति अलिकति दुख्यो र केहि मिनेट श्वास फेर्न पनि अलिकति गार्हो भयो।

त्यो पीडा अलि सहन सक्ने हुनासाथै पहिलो कर्तव्य आफुसंग गत हफ्ता मात्रै सम्पर्कमा आएको मेरो परिवार र साथीलाई मेरो अवस्थाको बिषयमा जानकारी गराएँ। अप्रिल ९ तारिखमा आफु सपिंग गर्न गएको COSTCO मा कल गरि मेनेजरलाई जानकारी गराएर आफ्नो जिम्मेवारी पुरा गरें। अनि आफ्नो डक्टरकहॉ फोन गरें। डक्टरले अहिलेको लागी isolation मा बस्न र श्वास फेर्न गार्हो भए मात्रै Emergency मा जान सल्लाह दिईन। यो बेला मलाई के भएको हो भन्ने न मलाई थाहा छ नत मेरो डक्टरलाई नै।

पनि कोरोनासंगै मिल्ने लक्षणहरू भने पक्का देखिएको छ। भएको जे भएपनि भन्नै परे पनि आफुसंग सम्पर्कमा आएकालाई मात्रै भनेको भए भैहाल्थ्यो नि । सॉढें ३ घण्टा शारिरीक पीडा भोग्दैमा कुनै टेस्टनै नगरी मैले यो Status किन लेखें ? यसका धेरै कारणहरू छन्:

१.मलाई माया गर्ने मेरा दर्शक, परिवार, अग्रज, साथीभाईहरू धेरै हुनुहुन्छ। उहॉहरूलाई मेरो अवस्थाको बारेमा जानकारी गराउनु मेरो कर्तव्य हो ।

२. चाहिने नचाहिने कुराहरू त हामी कति लेखेर बस्छौ र पढ्नेलाई दिक्कै पार्छौ भने यो status ले कसलाई नोक्सानी गर्छ र? मलाई कोरोना होस् वा साधारण सिजनल ज्वरो र दुखाई मात्रै । यतिखेर हामी सबै सजग हुनुपर्ने बेला हो ।

३. कोरोना लाग्यो भनेको अरूले थाहा पाए भने मलाई समाजमा कलंकको रूपमा हेर्लान् भनेर न्युनतम मानवता समेत नदेखाई आफु पोजेटिभ देखिंदा पनि लुकाएर राख्ने,अरूको जीवनसंग खेलवाड गर्ने र सुटुक्क आईसोलेसनमा बस्ने अनि सहयोग चाहिएमा पनि नाम लुकाईदिन अनुरोध गर्नेहरूलाई कोरोना महामारी हो, कलंक होईन । यो लागिहालेपनि निको हुन्छ । धेरै निको पनि भएका छन् । नडराउनुहोस् भन्ने संदेश दिन र यस बिषयमा सचेतना फैलाउन ।

यति नै लेख्न त भोलीसम्म कुरेको भए हुन्थ्यो नि! अहिलेनै तुरून्तै किन status लेख्न हतार त?

हजुर, होनि;

भएको जे भएपनि यो अहिलेनै टाउको र शरिर दुखिरहेको बेला किन लेख्नुपर्थ्यो र किन लेख्न बाध्य भएँ भन्ने सबैभन्दा ठुलो कारण: मैले सॉढें ३ घण्टा सम्म भोगेको भयानक शारीरिक पीडा र जीवनको अनिश्चितता अनि मेरो सामाजिक दायित्व ।

आजको सॉढे ३ घण्टा मैले जुन शारीरिक पीडा भोगें। त्यो अति भयानक थियो र सबै अचानकै भयो । त्यस्तो पीडा मैले यस अघि कहिल्यै भोगेकै थिईन । कोरोनासंग लक्षणहरू मिलिपनि राखेको छ। अचानकै पनि यस्तो हुनसक्ने रहेछ। मृत्यु कसैको हातमा हुँदैन। यदि यहि बिचमा मलाई केहि भयो र मैले फेरी त्यस्तै पीडा भोग्नु पर्यो भने? लेख्न चाहेको कुरा लेख्न सकिन भने? यसै बिचमा म मरें भने ???

आफुलाई कोरोना लागे सार्वजनिक गर्छु भन्ने सच्ची त झुठि पो रहिछन् भनेर मलाई कसैले आरोप लगाउन नसकोस्! म जिउँदो छँदा पनि शानसंग बाच्न चाहन्छु र अन्तिम श्वास पनि गर्व साथ फेर्न चाहन्छु । हजुर, यहि कारणले मलाई अलिकति सकेर, अलिकति नसकेरै लेखेर भएपनि यो कुरा अहिल्यै राख्न बाध्य पार्यो ।

म मर्न देखि डराउने मान्छे पटक्कै होईन । मर्न त एकदिन सबैले पर्छ । मलाई जे भएको भए पनि मेरो आत्मबल तगडा छ। यहॉहरू सबै, जो जहॉ हुनुहुन्छ सुरक्षित रहनुहोला। लेख्न सकेसम्म मेरो अवस्थाको बिषयमा जानकारी गराउने नै छु ।

नोट:

कोरोना तपॉईंलाई नलागेसम्म यो तपॉईंको लागी मात्रै डेटा हो। लागिसकेपछि यो संग लड्नुको कुनै बिकल्प छैन। यसलाई मजाक नसम्झिनुहोस्! आफु पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित राख्न मदत गर्नुहोस्।

कोरोना कलंक होईन । यो कसैलाई पनि नलागोस् तर तपॉईं मध्य कसैलाई लागी हालेमा मानवताको रक्षाको निम्ति आफ्नो सम्पर्कमा आएकाहरू बिच आफ्नो संक्रमण सार्वजनिक गरिदिनुहोस् ।

अप्रिल १५, २०२०

२४ घण्टा अघि बुलेटको गतिमा आएको पीडा आज कछुवाको गतिमा छ र सहनसक्ने पनि भएको छ । बुलेटले कछुवाको गति लिएपनि दुख भने निरन्तर दिईनैरहेको छ। कुनै बेला डङ्रङै ढालिदिन्छ त कुनै बेला उठ्न त दिन्छ तर बारम्बार जिस्क्याई रहन्छ, सताईरहन्छ। आज त ३ घण्टा भन्दा बढि सुत्न पनि दिएन। कुनै बेला अलिकति श्वास फेर्न गार्हो हुने, बेला बेलामा अलिकति छाती दुख्ने बाहेक एक दुईपटक मात्रै खोकि थपिएको छ।

डक्टरले पनि COVID-19 कै संका गर्यो। हरेक ८ घण्टामा 1000mg को Tylenol र Tami Flu खान र रेष्ट गर्नुभन्ने डक्टरको सल्लाह छ।

यस बिच मेरो फोनमा यहॉहरूको माया स्वरूप फोन कल, मेसेन्जर, भाईबर, रेगुलर मेसेजमा मेसेजको बाढि आएको छ। तर चाहेर पनि जवाफ फर्काउन सकेको छैन। कतिले त मेरो फोन नउठे पछि आत्तिएर एक अर्कोलाई फोन गरेर जानकारी लिएको पनि थाहा पाएँ। शायद तपॉईंहरूको ठाउँमा म भएको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला । धेरै जनाले मेरो अवस्था update गर्न अनुरोध गर्नुभएको छ। केहि मेसेज हेरें, केहिलाई रिप्लाई गरें तर सबैको जवाफ दिन यतिखेर म असमर्थ भएकोले फेरि एकमुष्ठ Status नै लेखेको छु। यतिखेर म आफ्नो घरमा नै आईसोलेसनमा छु। COVID-19 को संका गरिएपनि मेरो लागी यतिखेर कुनै टेस्ट उपलब्ध छैन।

मैले कोरोना भए नभएको टेस्ट गर्न किन नपाउने ? मेरो डक्टरको भनाई अनुसार:-

म पुर्ण रूपमा स्वस्थ ब्यक्ति भएको र मलाई डाईबेटिज, मुटुको रोग लगायतका कुनै अरू रोग नभएको, म स्वास्थ्य कर्मी नभएको र म कोरोना संक्रमित पेसेन्टको सम्पर्कमा सिधै नआएको हुँदा मैले कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने criteria meet गर्दिन।

त्यसैले, अहिले अलि अलि छाती दुखेको र बेलाबेलामा श्वास फेर्न अलि अलि गार्है भएपनि श्वास फेर्न निकैनै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन। श्वास फेर्न गार्हो भई हिरिक हिरिक नै पारेमा भने मलाई ईमरजेन्सि रूममा जान सुझाव दिईएको छ।

यहॉहरूको जानकारीको लागी:-

यतिखेर कोभिड पोजेटिभनै देखिईसकेका पेसेन्टहरूलाई पनि घरमै आईसोलेसनमा बस्न भनिएको छ । उनीहरू पनि श्वास फेर्न गार्हो भई हिरिक हिरिक नभईन्जेलसम्म ईमरजेन्सिमा जाने परिस्थिति छैन। अहिले अमेरिकाको परिस्थिति हेर्दा संक्रमित नभएकाले पनि अस्पतालबाटै संक्रमण बोकेर आउन सक्ने भएकोले अनावश्यक रूपमा अस्पताल नगएकै राम्रो भन्ने सल्लाह बिशेषज्ञहरूको छ । यतिखेर कोरोनाको अघि अरू सबै समस्याहरू गौण छन् । कोरोना पोजेटिभनै भएपनि ईमरजेन्सि जान र टेस्ट criteria meet गर्न पनि श्वास फेर्न नसकेर हिरिक हिरिक नै हुनुपर्ने अवस्था छ। शायद त्यसैले यसलाई महामारी भनिएको होला। महामारीमा यस्तै हुने रहेछ।

त्यसैले बेलैमा सबै सजग रहौं । सबैले बुझौं, यो सामान्य परिस्थिति होईन । कोरोना लागेर यससंग संघर्ष गर्नुभन्दा कोरोना लाग्नै नदिने बाटो रोज्ने हर सम्भव कोशिस गरौं, साबधानी अपनाऔं तर कोरोना लागीहालेमा भने डटेर यसको सामना गरौं । नआत्तिऔं! आफु पनि बचौं र अरूलाई पनि बचाऔं ! मैले लेख्न सक्दासम्म अपडेट दिनुपर्ने अवस्थामा निरन्तर लेखिरहनेछु।यहॉहरू नआत्तिनुहोला !