-तस्बिर साभार वेब

सचिन तेन्दुलकरले कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै

Hollywood Khabar November 14,2019 Comments

३०,कात्तिक,काठमाडौं।अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान राख्न सफल भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् ।शुक्रबार राति काठमाडौं आइपुगेका सचिनले बालबालिकाहरुको एउटा टीमको नेतृत्व गर्नेछन् भने अर्को टीमको नेतृत्व नेपाली क्रिकेटर विनोद दासले गर्ने कार्यक्रम रहेको छ।

सचिन संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ) का सद्भावना दूत  हुन्। संयुक्त राष्ट्र संघको वाल अधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आइपुगेका हुन् ।बाल अधिकारको प्रवद्र्धनका लागि कीर्तिपुरमा बालवालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।हरेक वालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।