समुन्द्री र साईबर अर्थतन्त्रले बिमस्टेक देशको अर्थतन्त्र उकास्छ: मोदी

Hollywood Khabar August 29,2018 Comments

१४ भदौ, काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताएका छन्।प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को उद्घाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन समेत् प्रस्ताव गरेका हुन्।मोदीले शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै केही गर्न नसक्ने भन्दै मोदीले सदस्य देशहरूबीच कनेक्टिभिटीमा जोड दिएका हुन्। दुई दिने सम्मेलनमा मन्तब्य व्यक्त गर्दै मोदीले व्यापार, यातायात, जनता-जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक रहेको भन्दै बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।आर्थिक समृद्धिका लागि युवा र प्रविधिलाई जोड्नु पर्ने बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशका विभिन्न विश्व विद्यालयमा छात्रवृत्तिको प्रस्ताव अघि सारेका हुन्।सम्मेलनमा मोदीले भारत बिमस्टेक स्टार्टअप, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, बिमस्टेक डिजिटल मल्टिनेसनल सम्मेलन गर्न लागेको उल्लेख गरेका हुन्।