-सेवा सुमन पुस्तकको ३६ औं अंक बिमोचन गर्दै

वार्षिकोत्सवको उपलक्ष्यमा सैनिक श्रीमती संघद्वारा पुस्तक बिमोचन 

Hollywood Khabar November 16,2019 Comments

२मंसिर ,काठमाडौं ।सैनिक श्रीमती संघको ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा सेवा सुमन पुस्तकको ३६ औं अंक बिमोचन गरिएको छ। पुस्तकको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पुस्तक बिमोचनको साथै उक्त पुस्तकको उत्कृष्ट लेख रचना एवं सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो।कार्यक्रममा संघकी अध्यक्ष दिपा थापाले स्वागत मन्तव्य राख्दै संघको आगामी कार्य योजना प्रस्तुत गरेकी थिइन।

कार्यक्रममा संघका पदाधिकारीहरु, रथीवृन्द, अधिकृत  लगायत सकलदर्जाको उपस्थितीमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । सैनिक व्यक्तिका परिवारहरुको शैक्षिक, सामाजिक, आर्थिक सशक्तिकरण, मानविय सेवा लगायत समग्र विकासका कार्यहरु सञ्‍चालन गर्ने उद्देश्यका साथ सैनिक श्रीमती संघको स्थापना भएको हो । साथै उक्त संघले मुनाफा रहित जनहितकारी सामाजिक कार्यहरु जस्तै रक्तदान, वृक्षारोपण, पर्यावरणको सुरक्षा, प्राकृतिक प्रकोप वा अन्य संकटको बेलामा उद्दार तथा राहत वितरण कार्य तथा समाजिक विकृतीहरु उन्मूलन गर्ने जस्ता कार्यहरु समेत गर्दै आइरहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।