-साझा यातायात

सरकारले साझा यातायातलाई दिएको तीन अर्ब ब्याजसहित फिर्ता लिने

Hollywood Khabar January 22,2020 Comments

९ माघ,काठमाडौं।सरकारले साझा दिएको तीन अर्व रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।सरकारले साझालाई विजुली बस किन्नका लागि दिएको तीन अर्बबाट तोकिएको समयमा  बस किन्न नसकेपछि रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।अब सरकार आफैले बस सञ्चालन गर्ने भन्दै  विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाउने जिम्मा अब भौति पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो ।