-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नै हुने, सभापतिद्वारा सबैलाई सक्रिय बन्न आग्रह

Hollywood Khabar June 08,2021 Comments

हलिउडखबर, काठमाण्डौ, जुन ९, २०२१

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशन तोकिएको समय भदौमा नै हुने बताएका छन्। नेपाली कांग्रेसले भदौ ७ देखि १०, २०७८ मा गर्नेगरी १४ औं महाधिवेशनको मिति तय गरेको छ।

जुन ९, २०२१ बुधबार पार्टीले एक विज्ञप्ति जारि गर्दै सो जानकारी दिएको हो। विज्ञप्तिमा सभापति देउवाले १४ औं महाधिवेशनको विषयलाई लिएर भ्रममा नपर्न आग्रह गर्दै तोकिएको समयमा महाधिवेशन हुने बताएका छन्। यसका साथै पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीका सबै नेता र सदस्यहरूलाई सक्रिय बन्न पनि आग्रह गरेका छन्।