-संविधान दिवसमा सहभागी

संविधान दिवस  टुँडिखेलमा भब्य कार्यक्रम गरि मनाइयो 

Hollywood Khabar September 19,2019 Comments

३असोज,काठमाडौं।संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा भब्य कार्यक्रम  गरिएको छ।शुक्रबार काठमाडौंको टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजना   गरेको समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको  थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।