-पक्राउ पर्नेहरु

सामुहिक बलात्कार आरोपमा ४ जना पक्राउ 

Hollywood Khabar September 21,2019 Comments

५ असोज,मोरङ।मोरङमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा ४ जना युवा पक्राउ परेका छन्।प्रहरीले  शनिबार राति ग्रामथान ७ स्थित केराबारीमा १७ वर्षीया किशोरीलाई चिनजान भएका युवकहरुले मदिरा सेवन गराइ अर्धचेत अवस्थामा सामुहिक बलात्कारको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा ग्रामथान गाउँपालिका– ५ वस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी ५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाशकुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।