-NRNA:एनआरएनए एनसीसी जापानको कोषाध्यक्षमा संगीता अधिकारी उम्मेद्वार

NRNA:एनआरएनए एनसीसी जापानको कोषाध्यक्षमा संगीता अधिकारी उम्मेद्वार

Hollywood Khabar August 19,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२१/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको आगामी २०१-२०२१ कार्यकालको लागि संगीता अधिकारी सुवेदीले कोषाध्यक्षका लागि उम्मेद्वार हुने भएकी छन्।

नुवाकोट जिल्लामा जन्मिएर २००४ मा जापान पुगेकी संगीता अधिकारी सुवेदी पढाइ र रोजगारी हुँदै हाल आफ्नै ब्यबसाय गर्दै बसेकी छन्। सुवेदीलाई अझै पनि राम्रो याद छ वर्तमान एनआरएनए आइसीसी अध्यक्ष भबन भट्ट एनआरएनए एनसीसी जापानको अध्यक्ष हुँदा नै कार्यसमितिमा बस्न भनेका थिए। तर आफू त्यो समय अत्यन्तै धेरै काम गर्नुपर्ने र पढ़नुपरेकै कारण समय नपुग्दा नबसेकी हुन् ।

२०१३ देखि भने सुवेदी सकृय रुपमा एनआरएनए एनसीसी जापानका गतिबिधिमा सकृय रहेको बताउँछिन। बिशेष गरि जापानमा भएको क्षेत्रीय सम्मेलन देखि उनको गतिबिधि संघमा बढेको हो। गत २०१७ को निर्वाचनमा आफू केहि दिनको सुत्केरी हुँदा समय अभावले गर्दा पनि उम्मेद्वार हुँदा जम्मा ४६ मतले पराजित हुनुपरेको नमिठो स्मरण उनलाई अझै ताजै रहेछ।

यो पटक भने उनि एनआरएनए एनसीसीका थुप्रै गतिबिधिहरुमा सहभागि भएको इतिहास उनिसंग भएको बताइन। जापानमा मात्र होइन संघको अन्तराष्ट्रिय कार्यक्रमहरुमा समेत सक्रिय रुपमा संलग्न भएको बताउँछिन सुवेदी। यति मात्र होइन नेपाल देखि बिधार्थी भिसामा आउने थुप्रै अप्ठेरोमा परेका नेपाली बिधार्थीहरुको सपोर्ट देखि अन्य सामाजिक गतिबिधिमा समेत उनि सकृय भएको बताउँछिन। त्यसैले यो पटक आफूलाई जापानका नेपाली समुदायबाट राम्रो सपोर्ट हुने कुरामा उनको विश्वास रहेको छ।